२९ असार २०८३, सोमबार

फिल्ममा दोस्रो पटक सहकार्य गर्दै विपीन र मिरुना

साउन १, २०८०
काठमाडौं
फिल्ममा दोस्रो पटक सहकार्य गर्दै विपीन र मिरुना

अभिनेता विपीन कार्की र अभिनेत्री मिरुना मगरको दोस्रो सहकार्य फिल्म ‘ऊनको स्वीटर’मा हुने भएको छ । 

केही वर्षअघि प्रदर्शनमा आएको फिल्म ‘लालपुर्जा’पछि यी दुईको सहकार्य हुन सकिरहेको थिएन । 

नवीन चौहानको कथा एवं निर्देशनमा बन्ने फिल्म ‘ऊनको स्वीटर’को आइतवार मात्रै एक कार्यक्रमकाबीच औपचारिक निर्माण घोषणा गरिएको हो । 

घोषणा कार्यक्रममा बोल्दै विपीन र मिरुनाले फिल्ममा आफूहरूको केमेष्ट्रिलाई दर्शकले रुचाउने विश्वास व्यक्त गरे । 

म्युजिकल फिल्ममार्फत स्रोता दर्शकको मन जितिरहेको आर्टमाण्डू नेपालले यस फिल्मको निर्माण गर्न लागेको हो । फिल्ममा एलेक्स पारस, परिक्षा लिम्बुलगायतका कलाकारहरूको समेत अभिनय रहनेछ । तिहारपछि छायांकनमा जाने फिल्म सन २०२४ भित्र प्रदर्शनमा आउनेछ ।

salt training

कमेन्ट गर्नुहोस्