०६ साउन २०८३, बुधबार

प्रेमराजा र बमबहादुरबीच ३७ वर्षपछि सांगीतिक सहकार्य

साउन ३, २०८०
काठमाडौं
प्रेमराजा र बमबहादुरबीच ३७ वर्षपछि सांगीतिक सहकार्य

अग्रज लोकगायकद्धय प्रेमराजा महत र बमबहादुर कार्कीबीच वर्षौपछि साङ्गीतिक सहकार्य भएको छ । 

मंगलवार म्युजिक नेपालको स्टुडियोमा यी दुईले एउटा गीतमा स्वर दिएका हुन् । 

गीत रेकर्डिङका तस्वीर राख्दै प्रेमराजाले लेखेका छन्, ‘३५–४० वर्षको अन्तरालपछि आदरणीय दाई बमबहादुर कार्की ज्यूसंग एउटा असाध्यै मीठो सहकार्य भयो । 

म्युजिक नेपाललाई धेरै–धेरै धन्यवाद दिन चाहन्छु ।’ बमबहादुरले पनि तस्वीर पोष्ट गर्दै लेखेका छन् – ‘३७ वर्षपछि पुनरागमन ।’ 

यी दुई लगायतले स्वर दिएको झन्डै चार दशकअघिको चर्चित गीत ‘पानको पात’ अहिले पनि श्रोतामाझ कालजयी छ । त्यतिबेला यी दुईले सहकार्य गरेका अन्य केही गीतहरू पनि चर्चित बनेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्