
संचारकर्मबाट म्युजिक भिडियो तथा फिल्म निर्देशनमा व्यस्त बनेका सुव्रतराज आचार्यको निर्देशन रहेको नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ ।
तीज नजिकिन झन्डै २ महिना बाँकी रहेको अवस्थामा बजारमा एकपछि अर्को तीज गीत सार्वजनिक गर्ने क्रम बढेको छ ।
यही मेसोमा गायिका रानी शाक्य र गायक नारायण बाबुको स्वर रहेको ‘आकुर माकुर’ बोलको गीत सार्वजनिक गरिएको हो । यो गीतमा नारायण बाबुको शब्द तथा संगीत, सन्दीप कार्कीको एरेन्ज छ ।
सार्वजनिक गीतको भिडियोमा कमल सिंह र मोडल विना राउतले नृत्य गरेका छन् । उत्सव दाहालको छायांकन, सुरेन्द्र बसेलको कोरियोग्राफी रहेको यो भिडियोमा विजेश पौडेलको सम्पादन छ ।