१७ असार २०८३, बुधबार

धरानमा डेंगुको उपचार गर्न ३० शय्या सञ्चालनमा

साउन ८, २०८०
धरान
धरानमा डेंगुको उपचार गर्न ३० शय्या सञ्चालनमा
प्रतिकात्मक तस्वीर

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले आइतवारदेखि डेंगुका बिरामीलाई उपचार गर्न तत्काल ३० शय्या सञ्चालनमा ल्याएको छ । 

प्रतिष्ठानको ‘सेन्ट्रल इमर्जेन्सी’ र ‘डेंगु क्लिनिक’ले धान्न नसकेपछि छुट्टै डेंगुु शय्या सञ्चालनमा ल्याएको प्रतिष्ठानका कायममुकायम उपकुलपति प्रा.डा. प्रह्लाद कार्कीले जानकारी दिए । सय शय्या क्षमताको कोभिड–१९ अस्पताललाई तत्कालका लागि डेंगुु अस्पतालको रूपमा परिवर्तन गरेको उनले बताए ।

पछिल्लो २ दिनयता प्रतिष्ठानको ५० श्य्याको ‘अब्जर्भेसन वार्ड’मा ८५ प्रतिशत शय्या डेंगुका बिरामीले भरिएपछि छुट्टै डेंगु अस्पताल सञ्चालनमा ल्याएको उनले जानकारी दिए । केही दिनयता प्रतिष्ठानको आकस्मिक कक्षमा दैनिक ६० देखि ७५ जना डेंगु संक्रमित आउने गरेका छन् ।

डेंगुको जोखिम बढेपछि उपचारबाट वञ्चित नहोऊन् भनेर प्रतिष्ठानले जनशक्तिको अभावका बीच पनि डेंगु अस्पताल सञ्चालनमा ल्याएको उनले बताए ।

salt training

कमेन्ट गर्नुहोस्