३० असार २०८३, मंगलबार

अस्कर कलेजले ‘युवा सर्ट फिल्म प्रतिस्पर्धा’ गर्ने, प्रथमलाई १ लाख प्रदान गरिने

साउन ८, २०८०
काठमाडौं
अस्कर कलेजले ‘युवा सर्ट फिल्म प्रतिस्पर्धा’ गर्ने, प्रथमलाई १ लाख प्रदान गरिने

विगत दुई दशकदेखि सिनेमाको प्राज्ञिक अध्यापन गराउँदै आएको अस्कर फिल्म कलेजले ‘युवा सर्ट फिल्म प्रतिस्पर्धा’ गर्ने भएको छ । 

सोमबार कलेजको तर्फबाट प्रेस विज्ञप्ति जारी गरी पहिलो युवा सर्ट फिल्म प्रतिस्पर्धाको घोषणा गरिएको हो । २० वर्षमुनिका उमेर समूहमा लक्षित यो प्रतिस्पर्धामा सहभागीले भदौ २२ गतेभित्र आफ्नो फिल्म पठाइसक्नुपर्ने जनाइएको छ । 

विज्ञप्तिअनुसार, प्रतिस्पर्धामा प्रथम हुने फिल्मलाई १ लाख नगद प्रदान गरिने छ । दोस्रो र तेस्रो फिल्मलाई क्रमशः ५० हजार र २५ हजार प्रदान गरिने छ । प्रथम, द्वितीय र तृतीय हुने फिल्ममेकरले अस्कर कलेजमा भर्ना हुन चाहेमा ५० प्रतिशत छात्रवृत्तिसमेत पाउने छन् । यसैगरी स्पेसल मेन्सनमा पर्न सफल फिल्ममेकरलाई पनि कलेजमा भर्ना भएको खण्डमा ५० प्रतिशत छात्रवृत्ति दिइने छ । 

अस्कर कलेजका प्रधानाध्यापक रामराजा दाहालले प्रतिस्पर्धाबारे भने, ‘फिल्म निर्माणमा उदीयमान प्रतिभाहरूको पहिचान गरी विशेष अवसर प्रदान गर्नका लागि यो प्रतिस्पर्धा आयोजना गर्न लागिएको हो ।’

फिल्म अत्यन्तै सिर्जनात्मक विधा भएको र युवाहरूको मष्तिष्क सिर्जनशील हुने भएकोले युवा लक्षित फिल्म निर्माण प्रतिस्पर्धा गर्ने पहल गरिएको उनको भनाई छ । युवा फिल्ममेकरमा विश्वास र लगानी गर्दा फिल्म क्षेत्रमा अर्को पुस्ता तयार हुने भएकोले कलेजले यो प्रतिस्पर्धा गर्न पहल गरेको उनले बताए । 

अस्कर फिल्म कलेजले पहिलो पटक आयोजना गरेको युवा सर्ट फिल्म प्रतिस्पर्धालाई आगामी वर्षहरूमा निरन्तरता दिइने पनि विज्ञप्तिमा उल्लेख छ ।

salt training

कमेन्ट गर्नुहोस्