×

NMB BANK
NIC ASIA

क्विन्टल सुन प्रकरण– अझै शुरू भएन जोख्ने प्रक्रिया

काठमाडाैं | साउन १०, २०८०

NTC
Premier Steels

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिने क्रममा समातिएको करीब एक क्विन्टल सुन जोख्ने प्रक्रिया शुरू नभएको पाइएको छ ।

Muktinath Bank

राजस्व अनुसन्धान विभागले नेपाल राष्ट्र बैंकको टक्सार महाशाखालाई जिम्मा लगाएर छाडेको उक्त महाशाखाको गोदाममा यत्तिकै थन्किएर बसेको पाइएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘ब्रेक शु’मा लुकाएर ल्याएको सुन समातेर राजस्व अनुसन्धान विभागले आफूहरूलाई जिम्मा लगाए पनि सुन जोख्न औपचारिक पत्र नपठाएकाले त्यसलाई जोख्ने काम नभएको टक्सार महाशाखाले लोकान्तरलाई जानकारी दिएको छ । 


Advertisment
Nabil box
Kumari

टक्सार महाशाखा प्रमुख थानेश्वर आचार्यका अनुसार सुन राजस्व अनुसन्धान विभागले लाहाछाप लगाएको अवस्था छ । त्यसलाई खोलेर जोख्न विभागको अनुमति चाहिन्छ ।

Vianet communication

‘उक्त सुन जोख्न राजस्वले नै अनुमति दिनुपर्ने हुन्छ । अहिलेसम्म अनुमतिको पत्र आएको छैन,’ आचार्यले भने ।

पत्र प्राप्त भएको एक घण्टामै सुन जोख्न सकिने उनले बताए ।

उनका अनुसार राजस्व अनुसन्धानले समातेको ‘ब्रेक शु’ र सुनसहितको १५५ केजी महाशाखामा सुरक्षित अवस्थामा राखिएको छ । 

यता विभाग स्रोतले भने आफूहरू अनुसन्धानमै रहेको र थप सुन भेटिन सक्ने आशंकामा सुन जोख्न ढिलाइ गरिएको दाबी गरेको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

बैशाख ३, २०८१

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

कात्तिक १७, २०८०

विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...

कात्तिक २८, २०८०

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x