
राजश्व अनुसन्धान विभागले पछिल्लो २१ घण्टादेखि काठमाडौंको टोखामा छापा हानिरहेको छ । विभागका सूचना अधिकारी नवराज अधिकारीका अनुसार अहिले पनि अनुसन्धान भइरहेको छ । ‘सशस्त्र प्रहरी, नेपाल प्रहरी र अन्य निकायका अनुसन्धान अधिकृतहरूले अहिले पनि त्यहाँ अनुसन्धान गरिरहनुभएको छ । त्यहाँ के–के छन् भन्ने कुरा सबै निर्क्यौल भइसकेको छैन,’ अधिकारीले लोकान्तरसँग भने,’ ‘हामीले पछिल्लो समय बरामद भएको सुनसँगको कनेक्सन देखिएकाले छापा हानेका हौं ।’
त्यहाँबाट विभागले सुन गाल्ने मेसिन, हिटरलगायत कागजातहरू पनि बरामद गरेको छ । पक्राउ परेका व्यक्तिहरूको सूचनाको आधारमा विभागले छापा हानेको हो । त्यहाँ सूनलाई आकार दिने फ्याक्ट्री नै रहेको विभागले जनाएको छ ।
विभागले हिजै ठमेलमा रहेको होटल भियानामा छापा मारेर सञ्चालक दावा छिरिङलाई पक्राउ गरेको सूचना अधिकारी अधिकारीले बताए । त्यहाँबाट विभागले कम्प्यूटर, कागजातलगायत सामाग्रीहरू बरामद गरेको छ । ‘बेल्जियम नारिक छिरिङलाई पक्राउ गरेपछि नयाँ तथ्य खुल्ने भन्ने आशा गरेका छौं,’ अधिकारीले लोकान्तरसँग भने ।
उद्योग विभागका दर्ता भएअनुसार कूल ५० करोड लगानीमा छिरिङले होटल सञ्चालन गर्दै आएका छन् । उनको ९० बेडको होटलमा स्वदेशीको १० प्रतिशत र विदेशीको ९० प्रतिशत लगानी गरेको छ ।
पासपोर्ट नम्बर इपी ४४४१०५ नम्बर रहेका ३५ वर्षीय छिरिङ, काठमाडौंको गोंगबुबाट बेल्जियमको गोवर्टिसिडाडम (Geboortcdatum) लिटिमाङका बासिन्दा हुन् । १२ कक्षा पास गरेकार छिरिङले चाइनिज, नेपाली, इङ्गलिस् फ्रेन्च, हिन्दी र डच भाषाको जानाकारी रहेको दाबी गरेका छन् ।