२१ असार २०८३, आइतबार

काठमाडौँमा सुन गाल्ने ब्याट्री भेटियो

साउन १५, २०८०
काठमाडौं
काठमाडौँमा सुन गाल्ने ब्याट्री भेटियो

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार हुँदै  झन्डै  एक  क्विन्टल  सुन  तस्करी  भएको  प्रकरणमा  थप  गम्भीर  तथ्य  फेला  परेको  छ  ।  काठमाडौँ उपत्यकामा नै सुन गालेर अर्कै स्वरूप दिएर तस्करी गर्ने गरिएको तथ्य खुल्ने फ्याक्ट्री नै फेला परेको छ ।
 विभागले   आइतबार   टोखास्थित   एक   फ्याक्ट्रीमा छापा मार्दा त्यहाँ तस्करीमार्फत आएको सुन  गाल्ने  काम  हुने  गरेको  खुलेको  छ  ।  सुन  तस्करी प्रकरणमा नै संलग्न भएको आशङ्कामा राजस्व अनुसन्धान विभागले थप एक जना चिनियाँ नागरिकलाई पव्रmाउ पनि गरेको छ ।

काठमाडौँको  ठमेलस्थित  होटल  भियनाका  सञ्चालकसमेत  रहेका  चिनियाँ  नागरिक  दावा  छिरिङलाई विभागका निर्देशक विदुर अधिकारीले आइतबार बिहान होटल परिसरभित्रबाट नियन्त्रणमा लिएको जानकारी दिए । विभागले सो होटलबाट सिसिटिभी  फुटेज,  कम्प्युटरहरू  पनि  जफत  गरी  अनुसन्धान  सुरु गरेको खबर गोरखापत्रमा छापिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्