
काठमाडौं, ३० भदौ – गायक सुनिल थापाले दशैंको अवसरमा नयाँ गीत सार्वजनिक गरेका छन् । विदेश तथा शहरमा रहेका नेपालीलाई गाउँ फर्किन आह्वान गर्दै उनले गीतमार्फत राष्ट्रियताको आवाज उठाएका छन् ।
‘आयो शान्ति छैन केइ डर’ बोलको गीतमा सुनिल थापा, रुद्र परियार र राधिका हमालको स्वर सुन्न सकिन्छ । गीतमा लय तथा शब्द सुनिल थापाको रहेको छ । गीतको भिडियोमा पूजा, सञ्जय, हरि, दीपक, सरस्वती लगायतका कलाकारको अभिनय रहेको छ ।
गीतलाई बिसौनी क्रियशनले आफ्नो युट्युबमार्फत सार्वजनिक गरेको हो ।