×

NMB BANK
NIC ASIA

विष खुवाइ छोरीको हत्या गर्ने आमालाई ३ वर्ष कैद सजाय

तनहुँ | साउन १८, २०८०

NTC
प्रतिकात्मक तस्वीर
Premier Steels

तनहुँ जिल्ला अदालतले छोरीलाई विष खुवाइ हत्या गरेको अभियोगमा एक अभियुक्तलाई ३ वर्ष कैद फैसला सुनाएको छ । 

Muktinath Bank

अदालतले पोखरा महानगरपालिका–२४ कास्कीकोटकी २९ वर्षीया सुष्मा विकलाई ३ वर्ष कैद र ३० हजार रुपैयाँ जरिवाना सजायको फैसला सुनाएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

जिल्ला न्यायाधीश हरिश्चन्द्र ढुंगानाको बुधवारको इजलासले फैसला गरेको जिल्ला अदालतका इजलास अधिकृत कृष्ण गौतमले जानकारी दिए ।


Advertisment
Nabil box
Kumari

सुष्माले विक्रम संवत् २०७७ माघ १९ गते दिउँसो तनहुँको आँबुखैरेनी गाउँपालिका–२ खानीखोलास्थित न्यू लिगलिग प्यालेस एण्ड लजमा बास बस्ने क्रममा छोरीलाई विष खुवाएर आफूले समेत विष सेवन गरेको अवस्थामा होटल सञ्चालकले भेटी तत्कालै उपचारका लागि चितवनको भरतपुरस्थित पुरानो मेडिकल कलेजमा लगेका थिए । 

Vianet communication

घटनामा छोरी कुसुम विकको सोही दिन मृत्यु भएको थियो । सुष्माको भने उपचारपश्चात् निको भएको थियो । घटनामा आरोपितका पति मनोज विकले विक्रम संवत् २०७७ माघ २५ गते सुष्माको विरुद्ध जाहेरी दिएका थिए । 

घटना हुँदा मनोज वैदेशिक रोजगारीको क्रममा मलेसियामा रहेका थिए । सुष्मालाई प्रहरीले विक्रम संवत् २०७८ साउन ३० गते पक्राउ गरेको थियो । उनी विरुद्धमा जिल्ला सरकारी वकिल कार्यालयले विक्रम संवत् २०७८ भदौ १६ गते जिल्ला अदालतमा कर्तव्य ज्यानसम्बन्धी मुद्दा दर्ता भएको थियो । सुष्मा सोही भदौ १८ गतेदेखि तनहुँ जिल्ला कारागारमा पुर्पक्षका लागि थुनामा थिइन् । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस ८, २०८०

क्रिकेटर सन्दीप लामिछानेविरुद्ध दायर मुद्दाको अन्तिम सुनुवाइ आज हुँदैछ । जिल्ला अदालत काठमाडौंमा दायर बलात्कार मुद्दाको अन्तिम फैसलाका लागि आज पेसी तोकिएको हो ।  मुद्दाको सुनुवाइ जिल्ला न्यायाधीश शिशिर...

मंसिर १३, २०८०

सरकारले सैनिक विशेष अदालतको अध्यक्षमा पाटन उच्च अदालतका न्यायाधीश लेखनाथ पौडेललाई नियुक्त गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले न्यायाधीश पौडेललाई अदालतको स...

पुस २५, २०८०

बलात्कार मुद्दामा दोषी ठहर क्रिकेटर सन्दीप लामिछानेको सजाय आज तोकिने भएको छ । पुस १३ गते अदालतबाट दोषी ठहर भएका लामिछानेलाई सजाय तोक्न आजलाई पेसी तोकिएको थियो ।  काठमाडौं जिल्ला अदालतका न्यायाधीश ...

पुस १२, २०८०

क्रिकेटर सन्दीप लामिछाने विरुद्धको जबरजस्ती करणी मुद्दाको सुनुवाइ आज पनि हुँदैछ । बुधबार बहस भएर ‘हेर्दा हेर्दै’मा राखिएको मुद्दामा आज पनि सुनुवाइ हुने भएको हो ।  आज सन्दीप पक्षका वकिलले ...

पुस ८, २०८०

क्रिकेटर सन्दीप लामिछानेविरुद्ध दायर मुद्दाको अन्तिम सुनुवाइ आज हुँदैछ । जिल्ला अदालत काठमाडौँमा दायर बलात्कार मुद्दाको अन्तिम फैसलाका लागि आज पेसी तोकिएको हो । आज मुद्दाको किनारा लाग्ने बताइएको छ । स...

मंसिर ३०, २०८०

नाबालिग बलात्कारको अभियोग लागेका अभिनेता पूर्णविक्रम शाह (पल शाह)विरुद्धको मुद्दा दोहोर्‍याएर हेर्न सर्वोच्च अदालतले अनुमति दिएको छ ।  सुष्मालता माथेमा र हरि फुयालको संयुक्त इजलासले ...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x