०२ असार २०८३, मंगलबार

BREAKING : कांग्रेस सांसद डा. सुनिल शर्मा पक्राउ

साउन २५, २०८०
काठमाडौं
BREAKING : कांग्रेस सांसद डा. सुनिल शर्मा पक्राउ
फाइल फोटो

नेपाली कांग्रेसका सांसद डा. सुनिल शर्मा पक्राउ परेका छन् ।

डाक्टरको नक्कली सर्टिफिकेट बनाएको सम्बन्धमा अनुसन्धानका लागि शर्मालाई पक्राउ गरिएको प्रहरी उच्च स्रोतले लोकान्तरलाई जानकारी दियो ।

शर्माको एसएलसीदेखिकै सर्टिफिकेट नक्कली रहेको पाइएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनीसहित ८ जनालाई पक्राउ गरिएको छ ।

शर्मा मोरङ- ३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । उनले मोरङमा नोबेल मेडिकल कलेज सञ्चालन गर्दै आएका छन् ।

शर्मालाई काठमाडौंको गोल्फुटारस्थित निवासबाट पक्राउ गरिएको प्रहरीले बताएको छ ।

सीआईबीले नक्कली चिकित्सकविरुद्ध २०७२ सालदेखि अपरेसन चलाउँदै आएको छ ।

त्यतिबेला सीआईबीले ‘अपरेसन क्वाक’ सञ्चालन गरेको थियो । त्यसको १ वर्षपछि ३६ जना नक्कली डाक्टर पक्राउ परेका थिए ।

२०७७ सालमा पश्चिम चौरजहारी अस्पतालमा कार्यरत डा.  दीपेन्द्र गौतमसहित ७ जना पक्राउ परेका थिए ।

पछि फेरि २०७८ सालमा ७ जना नक्कली डाक्टर पक्राउ परेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्