कात्तिक २२, २०८०
पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...
काठमाडाैं | साउन २६, २०८०
साउन २ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारबाट बाहिरिएको करीब १ क्विन्टल सुन सिनामंगलबाट बरामद भएपछि राजधानीबाहिर स–सानो परिमाणमा सुन बरामद हुन थालेको छ ।
यसरी राजधानीबाहिर स–सानो परिमाणको सुनको सम्बन्ध क्विन्टल सुन प्रकरणसँग त छैन ? भनेर आशंका व्यक्त हुन थालेको छ ।
विमानस्थल भन्सार बाहिरबाट करीब एक क्विन्टल सुन बरामद भएपछि राजस्व अनुसन्धान विभागले काठमाडौं उपत्यकाका ४ वटा गोदाममा छापा मारेको थियो ।
त्यहाँ भेटिएका ब्रेक प्याडलगायतका सवारी पार्टसबाट सुन निकालिसकेको पाइएको थियो ।
यसरी निकालिएको तस्करीको सुन कहाँ पुर्याइयो भन्ने अझै खुल्न सकेको छैन ।
यस्तो अवस्थामा राजधानीबाहिर धमाधम सुन बरामद हुनु शंकास्पद देखिएको छ ।
...
जिल्ला प्रहरी कार्यालय कास्कीले बिहीवार एक महिलालाई पक्राउ गर्यो ।
काठमाडौंबाट पोखरा गएको ग १ ख ९९४४ नम्बरको रात्रि बसमा यात्रा गरेकी जोरपाटी बस्ने ४५ वर्षीया कल्पना गुरुङ २८०.३९ ग्राम अर्थात करीब साढे २४ तोला सुनसहित पक्राउ परिन् ।
कास्की प्रहरीका प्रवक्ता डीएसपी श्रवण विकका अनुसार उनलाई विशेष सूचनाका आधारमा पोखरास्थित बसपार्कमा झर्नासाथ पक्राउ गरिएको थियो ।
काठमाडौंबाट एक व्यक्तिले उनलाई भरिया बनाएर पठाएको देखिएको छ ।
‘प्रारम्भिक अनुसन्धानमा उनलाई काठमाडौंबाट केही रकम दिएर सुन पठाएको पाइएको छ,’ डीएसपी विकले लोकान्तरसँग भने ।
ती महिलाले प्रहरीलाई बताएअनुसार पोखरामा अपरिचित व्यक्तिको फोन आएपछि उनै सुनलाई बुझाउनु भनिएको थियो ।
त्यो सुन पोखराका एक व्यापारीको भएको प्रहरीको बुझाइ छ, तर को व्यापारी हो भन्ने खुलाएको छैन ।
‘हामी अनुसन्धानमै छौं, कहाँबाट कसका लागि अनि कसरी आयो भन्ने कुरा अनुसन्धानकै विषय हो,’ कास्कीका प्रहरी प्रमुख एसपी अजय केसीले लोकान्तरसँग भने ।
केही दिनअगाडि (साउन २२ गते) काठमाडौंबाट दार्चुला पुगेको सु.प.प्र. ०२ ००१ ख १३०१ नम्बरको बसको पछाडि राखिएको सामग्रीमा ८३.५२० ग्राम सुन फेला परेको थियो ।
बैतडीको पाटन नगरपालिका– ८ खोडपे प्रहरी चौकीको इन्ट्री पोस्टमा गाडीका स्टाफले राखेको सामान खोतल्दा सुन बरामद भएको थियो ।
जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता जनक धामीका अनुसार सुन कसको हो भन्ने पत्ता नगलागेपछि राजस्व अनुसन्धान कार्यालय कोहलपुर (बाँके) पठाइएको थियो ।
प्रहरीले काठमाडौंबाट गएको सुन बरामद हुन थालेपछि सय केजी सुनसँगको कनेक्सन पनि खोल्न थालेको छ । आज (बिहीवार) कास्कीबाट बरामद भएको सुन कसले पठाएको हो र कसको हो भन्ने विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी अजय केसीले बताए ।
‘हामीले विभिन्न पाटोबाट अनुसन्धान गरिरहेका छौं, अझै केही भन्न सकिने अवस्था छैन, तर त्यो (सय केजी सुन) सँग सम्बन्ध छ कि भनेर खोज्नु अनुसन्धानको विषय हो,’ एसपी केसीले लोकान्तरसँग भने ।
प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डीआईजी) कुबेर कडायतले पनि बरामद भएको सुनहरूको कनेक्सन खोजिने बताए ।
‘स–साना परिमाणमा सुन बरामद भएका छन्, प्रहरीले स्वाभाविकरूपमा त्यसका पाटाहरू त खोज्ने नै भयो,’ डीआईजी कडायतले लोकान्तरसँग भने ।
राजस्व अनुसन्धानले बरामद गरेको सय केजी सुनसम्बन्धी अनुसन्धानको जिम्मा आइतवारदेखि केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पाएको छ ।
विभागले हस्तान्तरण गरेको फाइल अध्ययन गरी सीआईबीले अनुसन्धान अगाडि बढाइसकेको छ ।
यसक्रममा शुक्रवार दुई चिनियाँ नागरिक र व्यापारी रोहन अडुकिया गरी ३ जना पक्राउ परेका छन् ।
पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...
मकवानपुरको मनहरि गाउँपालिका–८ हेटौंडा–नारायगढ सडकखण्डको सिमपानीमा रोकिराखेको एक ट्रकमा अवैधरूपमा ल्याइएको लागूपदार्थ गाँजा फेला परेपछि ट्रकसहित चालकलाई स्थानीय प्रहरीले नियन्त्रणमा लिएको छ...
सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...
नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...
नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...