०५ साउन २०८३, मंगलबार

श्रीधरले सिम्रनको स्वरमा ल्याए ‘मुटुमै घाउ छ...’

साउन २७, २०८०
काठमाडौं
श्रीधरले सिम्रनको स्वरमा ल्याए ‘मुटुमै घाउ छ...’

सामाजिक सञ्जालमा भाइरल प्रतिभा बागलुङकी सिम्रन परियारको दोस्रो गीत सार्वजनिक गरिएको छ । शनिवार बेलुका उनको स्वरमा ‘मुटुमै घाउ छ...’बोलको गीत सार्वजनिक गरिएको हो । 

यो गीतमा डा. विष्णुमूर्ति भट्टराईको शब्द, श्रीधर अधिकारीको संगीत, विशाल निरौलाको संगीत संयोजन छ । 

श्रीधरकै निर्देशन रहेको भिडियोमा सिम्रन स्वयंम प्रस्तुत छिन् । 

दीपक गिरीको छायांकन रहेको भिडियोमा दीपक विष्टको सम्पादन छ । भिडियो गीतका प्रस्तुतकर्ता श्रीधरकै अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो । 

सिम्रनले स्वर दिएको पहिलो गीत ‘उसलाई पाउन २’को फिमेल भर्सन यतिबेला युट्युबमा संगीततर्फ ट्रेन्डिङको पहिलो नम्बरमा छ । 

salt training

कमेन्ट गर्नुहोस्