३१ असार २०८३, बुधबार

रेखा थापाको फिल्मको गीतमा समीक्षा अधिकारीले दिइन् स्वर

साउन २७, २०८०
काठमाडौं
रेखा थापाको फिल्मको गीतमा समीक्षा अधिकारीले दिइन् स्वर
तस्वीर : रेखा थापाको फेसबुकबाट

अभिनेत्री रेखा थापाले निर्माण गर्न लागेको फिल्म ‘उपहार’का लागि गायिका समीक्षा अधिकारीले स्वर दिएकी छन् । 

शनिवार समीक्षाको स्वरमा फिल्मको एक गीतको रेकर्डिङ गरिएको हो । ज्ञानेन्द्र देउजाको निर्देशनमा तयार हुन लागेको फिल्ममा रेखासँगै अभिनेत्री पूजा शर्माले पनि अभिनय गर्दैछिन् । 

गायिका एलिना चौहानले रेखाकै फिल्मबाट पाश्र्व गायनमा डेब्यू गर्दैछिन् । समीक्षाले भने ‘बालापनको उमेर’बोलको फिल्मी गीतबाटै गायनमा पाइला चालेकी थिइन् ।

salt training

कमेन्ट गर्नुहोस्