×

NMB BANK
NIC ASIA

सुन तस्करीको अनुसन्धान

क्विन्टल सुन प्रकरण: राजस्व र सीआईबीको समन्वय अभावले अनुसन्धान प्रभावित हुने खतरा

काठमाडाैं | साउन २९, २०८०

NTC
Sarbottam
Premier Steels
Marvel

क्विन्टल सुन प्रकरणमा अनुसन्धान गर्ने निकायहरूबीचको समन्वय अभावले अनुसन्धान नै प्रभावित हुने खतरा बढेको छ ।

Muktinath Bank

यतिसम्म कि राजस्व अनुसन्धान विभाग र प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) बीच उचित तालमेल नहुँदा केही व्यक्तिलाई पक्राउ गर्ने र छाड्ने काम भएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सीआईबी र विभाग एकले अर्कालाई देखाउँदा शुक्रवार अध्यागमन विभागले पक्राउ गरेका ३ जना छुटेका छन् । 


Advertisment
Nabil box
Kumari

राजस्व अनुसन्धान विभागको पत्रका आधारमा व्यापारी राकेशकुमार अडुकियाका छोरा रोहन अडुकिया र चिनियाँ नागरिकहरू ली गैलिन तथा लिओ लिउ फुयानलाई  अध्यागमनले पक्राउ गरेको थियो । 

Vianet communication
Laxmi Bank

चिनियाँ नागरिकहरू स्वदेश फर्किन लाग्दा पक्राउ परेका थिए भने रोहनलाई भारतबाट नेपाल आउँदै गर्दा पक्राउ गरिएको थियो ।

‘हामीले अडुकियालाई राजस्व अनुसन्धान विभागले लेखेको पत्रका आधारमा नियन्त्रणमा लिएका थियौं,’ अध्यागमन विभागका महानिर्देशक झलकराम अधिकारीले लोकान्तरसँग भने, ‘चिनियाँ नागरिकद्वय ली गैलिन र लिओ लिउ फुयानलाई पनि सरकारी निकायले नै लेखेको पत्रका आधारमा नियन्त्रणमा लिएका थियौं ।’

तीनै जनालाई एक रात अध्यागमनको हिरासतमा राखियो । तर, विभाग र सीआईबी दुवैले लिन नमानेपछि छाड्न बाध्य भएको अध्यागमनले जनाएको छ ।

‘कुनै पनि निकायले लिन नमानेपछि हामीले त्यत्तिकै राख्ने कुरा त भएन नि,’ अध्यागमन विभागका महानिर्देशक अधिकारीले लोकान्तरसँग भने । 

उनका अनुसार रोहन अडुकियालाई पक्राउ गर्न पत्र लेखेको निकाय राजस्व अनुसन्धान विभाग र हाल अनुसन्धान गरिरहेको निकाय केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) दुवैलाई सोधेर आवश्यक परेको खण्डमा हाजिर हुने गरी तारेखमा छाडिएको हो । चिनियाँ नागरिकलाई भने अध्यागमन विभागले आफ्नो देश जान सक्ने गरी छाडेको विभागका महानिर्देशक अधिकारीले भने ।

‘राजस्व अनुसन्धान र सीआईबी दुवैलाई सोधेर छाडेका हौं,’ महानिर्देशक अधिकारीले लोकान्तरसँग भने । 

प्रहरी प्रवक्ता कुवेर कडायतले रोहन अडुकियाका विषयमा आफूहरूलाई जानकारी नभएको बताएका छन् । चिनियाँ नागरिकहरूलाई भने सोधपुछका लागि बोलाइएको उनको भनाइ छ ।

‘हामीलाई अडुकियाको विषयमा जानकारी छैन,’ प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डीआईजी) कुबेर कडायतले लोकान्तरसँग भने, ‘चिनियाँ नागरिकलाई सोधपुछका लागि बोलाएका हौं । प्रहरीले सोधपुछका लागि बोलाउन सक्छ ।’

राजस्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढुंगानाले यस विषयमा आफूलाई जानकारी नभएको बताएका थिए ।

‘यसबारेमा हामीलाई जानकारी छैन,’ शुक्रवार लोकान्तरले अडुकियाको विषयमा जानकारी लिन खोज्दा उनले भनेका थिए ।

यसरी समाएर यत्तिकै छाड्दा कि अभियुक्त फुत्किन सक्ने कि त असंलग्न व्यक्तिले विनासित्ति दुःख पाउने अवस्था आउने एक पूर्व प्रहरी प्रमुखले बताए ।

‘पहिला समाउनुस् भन्ने अनि पछि जिम्मा नलिने कुरा गैरजिम्मेवारी हो । यस्तो अवस्थामा कि अभियुक्त छुट्न सक्छ, कि त असंलग्न व्यक्तिले विनासित्ति दुःख पाउने अवस्था आउँछ,’ ती पूर्व प्रहरी प्रमुखले लोकान्तरसँग भने ।

सञ्चारमाध्यम र सामाजिक सञ्जाल हुँदै संसदमा पनि अनुसन्धानको जिम्मा सीआईबीलाई दिनुपर्ने माग उठेपछि असार २१ गते राजस्व अनुसन्धान विभागले अभियुक्त र प्राप्त प्रमाणहरू जिम्मा लगाएको थियो ।

त्यसपछि विभागले आफ्नो जिम्मेवारी पूर्णरूपमा सकिएको जसरी व्यवहार गरेको सीआईबीका एक अधिकारीले बताए ।

सीआईबीले पछिल्लो समय विभागले जिम्मा लगाएका फाइलहरू अध्ययन गरिरहेको छ । सीआईबीलाई सुन तस्करीको जरासम्म पुगेर सत्य-तथ्य बाहिर ल्याउने चुनौती छ । 

अहिलेसम्म राजस्व अनुसन्धान विभागले १८ जनालाई पक्राउ गरेको छ । 

दोलखाको मेलुङ गाउँपालिका– ३ का दिलिप भुजेल र रामकुमार भुजेल, भोजपुरको अरुण गाउँपालिका– ४ का हर्कराज राई, भारतीय नागरिक थुप्तेन छिरिङ, भन्सार एजेन्ट राजेन्द्र राई, ट्याक्सी चालक अशोक लामा, चिनियाँ नागरिक जीक्वाङ लिन, राजन श्रेष्ठ, ट्रान्स ग्लोबस सर्भिसका सञ्चालक पुष्करराज भट्ट, कृष्ण श्रेष्ठ, भन्सार एजेन्टहरू यादव पराजुली र सुदर्शन गौतम, भन्सार अधिकृत सन्तोष चन्द, जाँचकी (विमानस्थल भन्सार कार्यालय) कुमार ढकाल, नायब सुब्बा (भन्सारमा एक्सरे हेर्ने) सरोज श्रेष्ठ, नक्सालबाट (गोदाम खोजिदिएको आरोप) सुरेन्द्र तामाङ र बेल्जियन नागरिक दावा छिरिङ प्रहरी हिरासतमा छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x