×

NMB BANK
NIC ASIA

बुटवलका विद्यालयमा नयाँ शुल्क निर्धारण, कुन तह र कक्षामा कति ?

बुटवल | साउन ३०, २०८०

NTC
Sarbottam
Premier Steels
Marvel

बुटवल उपमहानगरपालिकाले निजी तथा संस्थागत विद्यालयहरूले लिने शुल्क निर्धारण गरेको छ ।

Muktinath Bank

उपमहानगरपालिकाको कार्यपालिका बैठकले निजी विद्यालयहरूले अभिभावकबाट लिने मासिक शुल्क, भर्ना र बसको नयाँ भाडा दर निर्धारण गरेको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बुटवलका निजी तथा संस्थागत विद्यालयले बढी शुल्क असुलेको भन्दै अभिभावकहरू आन्दोलित भएका थिए ।


Advertisment
Nabil box
Kumari

उपमहानगरपालिकाले २०७६ सालमा बनाएको शुल्क सम्बन्धी मापदण्डभन्दा बढी शुल्क असुलेको गुनासो अभिभावकले गरेका थिए । त्यसपछि बुटवल उपमहानगरपालिकाले एक कार्यदल गठन गरी यस विषयमा अध्ययन गरेको थियो । अध्ययन अनुसार बुटवलका निजी तथा संस्थागत विद्यालयहरूले तोकिएको मापदण्डभन्दा ३०–७३ प्रतिशतसम्म शुल्क असुल्ने गरेको पाइएको छ ।

Vianet communication
Laxmi Bank

त्यसपछि बुटवल उपमहानगरपालिकाको नेतृत्वमा अभिभावक, निजी विद्यालयका छाता संगठनका संस्थाहरूसँग छलफल गरेर नयाँ शुल्क निर्धारण गरेको हो । उपमहानगरपालिकाले निर्धारण गरेको नयाँ शुल्क कडाइका साथ लागू गर्ने निर्णय कार्यपालिकाको बैठकले गरेको छ । 

चालू शैक्षिक सत्रमा ‘ग’ श्रेणीमा रहेको निजी विद्यालयले पूर्व प्राथमिक तहको लागि मासिक शुल्क २ हजार, ‘ख’ वर्गका विद्यालयले २ हजार ४०० र ‘क’ वर्गका विद्यालयले बढीमा २ हजार ७५० मात्र मासिक शुल्क लिन पाउनेछन् । प्राथमिक तहमा (१ देखि ५ कक्षासम्म) ‘ग’ वर्गका विद्यालयले २ हजार २००, ‘ख’ वर्गका विद्यालयले २ हजार ६०० र ‘क’ वर्गका विद्यालयले ३ हजार रुपैयाँ बढीमा लिन पाउने मापदण्ड उपमहानगरपालिकाले जनाएको छ ।

निमावि तहमा (६ देखि ८ कक्षासम्म) ‘ग’ वर्गका विद्यालयले २ हजार ६००, ‘ख’ वर्गका विद्यालयले ३ हजार र ‘क’ वर्गका विद्यालयले ३ हजार ३०० मासिक शुल्क लिन पाउने छन् । माध्यमिक विद्यालयका ग, ख र क वर्गका लागि क्रमश ३ हजार २००, ३ हजार ६०० र ४ हजार २०० शुल्क निर्धारण गरिएको छ भने ११ र १२ कक्षाका ग, ख र क वर्गका लागि क्रमशः ३ हजार ५००, ४ हजार १०० र ४ हजार ७०० शुल्क निर्धारण गरिएको छ । 

मावि ११ र १२ कक्षामा विज्ञान विषयका लागि मासिक शुल्क बढीमा ४ हजार ७००, ५ हजार र ५ हजार २०० लिन पाउने छन् । व्यवस्थापनतर्फ क्रमशः ४३ सय, ४७ सय र ५ हजार शुल्क निर्धारण गरिएको छ ।

उपमहानगरपालिकाले भर्ना शुल्क र बसको भाडा दर पनि तोकेको बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले जानकारी दिए । उपमहानगरपालिकाले निर्धारण गरेको नयाँ शुल्क साउन महिनादेखि नै कार्यान्वयनमा आउने र तोकिएकोभन्दा बढी शुल्क लिएको भए अर्को महिनाको शुल्कमा मिलान गर्नुपर्ने प्रमुख प्रशासकीय अधिकृत पन्थीले बताए । त्यसलाई सोमवार राजपत्रमा प्रकाशित गरेको बुटवल उपमहानगरपालिकाका प्रमुख टेकराज पन्थीले बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ २४, २०८०

‘डा.ओम फाउन्डेसन’ले ‘विद्यालयस्तरीय खुल्ला राष्ट्रव्यापी कविता, बाल चित्रकला र हाजिरी जवाफ प्रतियोगिता’ गर्ने भएको छ । प्रणय दिवस तथा सरस्वती पूजाको अवसरमा फाउन्डेसनका संस्थापक वर...

मंसिर २४, २०८०

सामुदायिक क्याम्पसमा विद्यार्थीको हाहाकार भइरहेका बेला बुटवल कालिका क्याम्पसले यसै शैक्षिक सत्रदेखि स्नातकोत्तर तहको अध्यापन शुरू गर्न लागेको छ । बुटवल– १० रामनगरस्थित क्याम्पसले एमएममा आर्टसतर्फ अंग्रेजी र ग्र...

चैत २१, २०८०

काठमाडौं महानगरपालिकाले नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न निर्देशन दिएको छ । महानगरपालिकाअन्तर्गतका संस्थागत विद्यालयलाई नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न महानगरको शिक्षा विभागले आग्रह गरेको ह...

फागुन ४, २०८०

‘म त रित्ता हातमा हतियार बनाइदिन्छु  तिमी होली भन म दिवाली बनाइदिन्छु  शब्दका पोखरी यसरी खनाइदिन्छु मेरै कुरामा हो हो बनाइदिन्छु’ कक्षा ११ मा अध्ययन गर्दै गर्दा शिक्षकले घमण्ड...

मंसिर २९, २०८०

खोटाङको एक विद्यालयमा जम्मा ११ जना विद्यार्थी रहेको पाइएको छ । दुई जना शिक्षक उक्त विद्यालयमा छन् । अझ उजागर गर्नुपर्ने विषय त यो छ– दुईवटा कक्षामा एक–एक जना मात्रै विद्यार्थी छन् ।  दिक्तेल रु...

कात्तिक १९, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले त्रिभुवन विश्वविद्यालयको निमित्त उपकुलपतिमा शिक्षाध्यक्ष प्रा शिवलाल भुसाललाई नियुक्त गरेका छन् ।  त्रिविका उपकुलपति प्रा.डा. धर्मकान्त बाँस्कोटाको चार वर्षे ...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x