
राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ ।
सार्वजनिक नतिजा अनुसार ४ लाख ४८ हजार विद्यार्थी सहभागी भएकामा करिब ५१.९१ प्रतिशत ग्रेडड उत्तीर्ण भएका छन् ।
गत वर्षको तुलनमा ३ प्रतिशतले नतिजामा सुधार आएको छ ।
बोर्ड अध्यक्ष महाश्रम शर्माका अनुसार यो वर्ष १ लाख ८२ हजार परीक्षार्थी ननग्रेडेड भएका छन् ।
गत वैशाख २६ गतेदेखि जेठ ५ गतेसम्म देशभरका परीक्षा केन्द्रमा कक्षा १२ को परीक्षा सञ्चालन भएको थियो ।
करिब साढे ४ लाख विद्यार्थी परीक्षामा सहभागी भएका थिए । एक हजार ४ सय ५३ परीक्षा केन्द्रमा परीक्षा सञ्चालन गरिएको थियो ।
प्रत्येक विषयको सैद्धान्तिक तर्फ न्यूनतम् ३५ प्रतिशत अंक प्राप्त गरे मात्रै विद्यार्थीले ग्रेडसिट प्राप्त गर्ने व्यवस्था गरिएको छ ।
गतवर्ष कक्षा १२ मा ४८ प्रतिशत विद्यार्थीले मात्र ग्रेडसिट प्राप्त गरेका थिए । ती मध्ये २ विषयसम्म एनएजी (नन ग्रेडेड) आउनेले तत्कालै र बाँकी ५६ हजारले यो वर्ष ग्रेडवृद्धि परीक्षा दिएका थिए ।