२० असार २०८३, शनिबार

दोब्बरले बढ्यो चीनतर्फ निर्यात

साउन ३१, २०८०
काठमाडौं
दोब्बरले बढ्यो चीनतर्फ निर्यात

गत  आर्थिक  वर्षमा  चीनमा  निर्यात  व्यापार दोब्बरले बढेको छ ।  कोभिडपछि  सुस्त  रहेको  व्यापार  गत  आवमा आएर पौने दुुई अर्ब रुपियाँको निर्यात भएको होे ।

 चीन सरकारले नेपालतर्फबाट जाने सामान  निर्यातका  लागि  बनाएको  प्रोटोकल  सजिलो बनाएकाले पनि निर्यातमा उल्लेख्य वृद्धि भएको हो । भन्सार  विभागको  तथ्याङ्क  अनुसार  आव २०७९÷८० चीनमा एक अर्ब ७६ करोड ५७ लाख ८६ हजार रुपियाँको सामान निर्यात भएको छ । अघिल्लो  आव  २०७८÷८०  मा  ८०  करोड ८७ लाख ५४ हजार रुपियाँको सामान निर्यात भएको थियो ।​
कोभिडको प्रभाव कम हुुँदै गएको र चीनले नेपालको व्यापार सहज गरेकाले  पनि  निर्यातमा  वृद्धि  भएको  खबर गोरखापत्रले छापेको छ । 

salt training

कमेन्ट गर्नुहोस्