२९ असार २०८३, सोमबार

डडेल्धुरा मेडिकल कलेजले माग्यो ११ उपप्राध्यापक, क-कसले दिन पाउँछन् आवेदन ?

भदौ १, २०८०
काठमाडौं
डडेल्धुरा मेडिकल कलेजले माग्यो ११ उपप्राध्यापक, क-कसले दिन पाउँछन् आवेदन ?

सुदूरपश्चिम विश्वविद्यालयले एक जना सहप्राध्यापक र १० जना उपप्राध्यापक माग गरेको छ । सुदूरपश्चिम विश्वविद्यालय स्वास्थ्य विज्ञान सङ्कायअन्तर्गत डडेल्धुरा मेडिकल कलेजका लागि विश्वविद्यालयले एक जना सहप्राध्यापक र १० जना उपप्राध्यापक माग गरेको हो । 

विश्वविद्यालयले शुक्रवार सूचना जारी गर्दै ती पदहरूमा करार सेवामा पदपूर्ति गर्नुपर्ने भएकोले योग्यता पुगेका नेपाली नागरिकहरूलाई आवेदन दिन आह्वान गरेको हो । आवेदन भदौ १५ गतेभित्र अनलाइनमार्फत्  दिन सकिने छ । 

केके कागजात चाहिन्छ ?
१. प्रवेशिकादेखि माथिका सबै शैक्षिक योग्यताका प्रमाणपत्रका प्रमाणित प्रतिलिपिहरू १/१ प्रति ।
२. हालसालै खिचेको पासपोर्ट साइजको फोटो दुई प्रति ।
३. नेपाली नागरिकताको प्रमाणपत्रको प्रमाणित प्रतिलिपि ।
४. व्यक्तिगत विवरण दुई प्रति ।

यस्तो छ सूचना

null

salt training

कमेन्ट गर्नुहोस्