
सर्लाही, १ असोज - निर्वाचनको अघिल्लो दिन आज साँझ सर्लाहीमा गोली चलेको छ ।
सर्लाहीको बलरामा गोली चलेको हो । नेपाली कांग्रेसका उम्मेदवार कमलेश सिंह गाडीमा चढेर गइरहेको बेलामा केही मानिसले उनलाई घेरा हालेपछि उनका सुरक्षामा खटिएका पिएसओले हावामा गोली चलाएका हुन् ।
संघीय प्रहरी इकाई जनकपुरका प्रहरी वरिष्ठ उपरीक्षक सुभाषचन्द्र चौधरीले लोकान्तरलाई दिएको जानकारी अनुसार भीडले सांसलाई घेरेपछि आत्एिका पीएसओले हवाई फायर गरेका थिए ।
प्रदेश नम्बर दुईका प्रहरी प्रमुख बिजयलाल कायस्थले पनि घटनाको पुष्टि गरे । उनले घटनाका विषयमा थप अनुसन्धान भइरहेको जानकारी दिए । कायस्थका अनुसार गोली बेलुका साढे सात बजे चलेको हो ।
गोली चलेको बलरा राजपा अध्यक्ष मण्डलका संयोजक महन्त ठाकुर र नेपाली कांग्रेसका नेता अम्रेस कुमार सिंहको निर्वाचन क्षेत्रसमेत हो ।