२० असार २०८३, शनिबार

नेपालमा नर्सिङ कलेज बन्द, भारतका सीमावर्ती क्षेत्रमा धमाधम नयाँ कलेज खुल्दै

भदौ ८, २०८०
काठमाडौं
नेपालमा नर्सिङ कलेज बन्द, भारतका सीमावर्ती क्षेत्रमा धमाधम नयाँ कलेज खुल्दै

नीतिगत कमजोरीका कारण नर्सिङ विषय अध्ययन गर्न चाहने विद्यार्थी पीडित बनेका छन् । चिकित्सा शिक्षा आयोगले राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ को प्रावधान भन्दै एक सय शय्याको आफ्नै अस्पताल नहुने शिक्षण संस्थालाई नर्सिङ विषयको भर्नामा रोक लगाएको छ। यसले गर्दा ७३ वटा नर्सिङ शिक्षण संस्था बन्द भइसकेका छन्। 

राज्यले गलत नीति अख्तियार गर्दा विद्यार्थी स्वदेशी शिक्षण संस्थामा भर्ना भएर अध्ययन गर्न वञ्चित भएका छन्। यो अवसरको फाइदा उठाउँदै नेपाली विद्यार्थीलाई लक्षित गरेर भारतका सीमावर्ती क्षेत्रमा धमाधम नयाँ नर्सिङ कलेज खुल्ने क्रम जारी छ। 

ऐनले स्नातक तहलाई मात्र सम्बोधन गर्ने भए पनि आयोगले नर्सिङ विषयमा मात्र स्नातकभन्दा तल्लो तहमा पनि प्रावधान कार्यान्वयन गरेर गलत नीति अख्तियार गर्दा नर्सिङ विषय अध्यापन गर्ने शिक्षण संस्था बन्द भएको आरोप सम्बद्ध संस्थाका पदाधिकारीको छ। 

स्वदेशी नर्सिङ शिक्षण संस्था बन्द भएपछि नेपालको सीमावर्ती भारतीय क्षेत्रमा खुलेका त्यस्ता शिक्षण संस्था हराभरा भएका छन्। भारतीय शिक्षण संस्थाले नेपालमा मान्यताप्राप्त सीटीईभीटीको पाठ्यक्रम अनुसार रहेकोलगायत उल्लेख गरेर झुटो विज्ञापन गर्ने गरेका छन्। आजको गोरखापत्र दैनिकमा यो समाचार छापिएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्