२१ असार २०८३, आइतबार

काठमाडौँको स्कुलमा एआई र कोडिङका कक्षा सुरु

भदौ ८, २०८०
काठमाडौं
काठमाडौँको स्कुलमा एआई र कोडिङका कक्षा सुरु

काठमाडौँ । दरबार हाइ स्कूलअन्तर्गत भानु मा. वि. मा आजदेखि रोवोटिक्स, कृतिम बौद्धिकता (एआई) र कोडिङ कक्षा सुरु भएका छन् । कक्षाका लागि वितेका हप्ताहरुमा अभिमुखीकरण गराइएको थियो । कक्षामा विद्यार्थीहरुको गहिरो चाख देखिन्थ्यो । 

यी कक्षाहरु महानगरपालिकाको बुक फ्रि फ्राइडेअन्तर्गत सञ्चालन भएका हुन् । आज विद्यालयमा नाट््यशाला सम्बन्धी अभिमुखीकरण कक्षा सञ्चालन भयो । अर्को हप्ताबाट नाट््यशालाका कक्षाहरु सञ्चालन हुनेछन् । 

सहरी योजना आयोगका सहायक विज्ञ शैलेन्द्र झाकाअनुसार, कोडिङ सिकाइअन्तर्गत कक्षा ३ देखि ६ सम्मका विद्यार्थीहरूलाई ब्लकमा आधारित कोडिङ सिकाइएको थियो । यस्तै कक्षा ७ र ८ मा विद्यार्थीलाई पाइथन प्रोग्रामिङ् सिकाइएको थियो । विद्यार्थीहरुको उमेर समूह र सिक्न सक्ने क्षमताका आधारमा कार्यक्रम छनौट गरिएको हो । यस कार्यक्रमबाट सामुदायिक विद्यालयहरुबाट प्राविधिक अन्वेषण र विकासमा सघाउन पुग्नेछ । विद्यालयमा रोबोटिक्स, कृतिम बौद्धिकता (एआई) का कक्षाहरु पनि चलिरहेका छन् ।
महानगरपालिकाका १४ वटा विद्यालयमा कोडिङ् क्लव गठन भइसकेका छन् । उनीहरुको काम विश्वका १६० भन्दा धेरै देशमा क्लव सञ्जालमा जोडिन्छ । रोबोटिक्स, कृतिम बौद्धिकता (एआई) र कोडिङ् कक्षाहरुले विद्यार्थीहरुमा समस्या समाधान गर्ने प्राविधिक क्षमता विकास हुनेछ । यस्ता कक्षाबाट विद्यार्थीहरुमा तार्किक क्षमता बढ्नेछ । चुनौती समाधानका लागि समूहगत कामको सिकाइ विकास हुनेछ । 
 

salt training

कमेन्ट गर्नुहोस्