२१ जेठ २०८३, बिहीबार

बालेनले तीन दिन अघि चीन भ्रमण रद्द गरेका थिए, जतिबेला उनी बुबा बनिसकेका थिए

बालेनको अराजक अभिव्यक्ति
भदौ १७, २०८०
काठमाडौं

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले ‘सिंहदरबारमा आगो लगाइदिन्छु’ भन्दै शुक्रवार राति दिएको अभिव्यक्तिको चौतर्फी आलोचना भएको छ । 

सरकारी मर्यादाक्रममा मुख्यसचिव र प्रधान सेनापतिभन्दा पनि माथि रहेका बालेनले ‘आजका लागि केही भएन, भोलिबाट हाम्रो महानगरपालिकाको कुनै पनि गाडी सरकारबाट रोकियो भने सिंहदरबारमा आगो लगाइदिन्छु । याद राख चोर सरकार ।’ भन्दै स्टाटस लेखेका थिए ।

सार्वजनिक बिदाको दिन शनिवार राति बालेनकी सुत्केरी श्रीमती सविना काफ्ले चढेको महानगरपालिकाको गाडीलाई ट्राफिक प्रहरीले चेकजाँचका क्रममा कोटेश्वरमा रोकेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्