
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले विभिन्न ४ पदमा कर्मचारी माग गरेको छ । आर्थिक वर्ष २०८०/०८१ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार विभिन्न अनुसन्धान कार्यक्रमहरू सञ्चालन गर्नका लागि चाहिन जनशक्ति परिषद्ले करारमा लिन लागेको हो ।
अनुसन्धान अधिकृत, प्रशासन सहायक, लेखा सहायक र स्टोर सहायक पदमा दरखास्त दिन इच्छुक उम्मेदवारले ७ दिनभित्र आवेदन दिन सक्ने सूचनामा उल्लेख छ ।
