
बलिउड अभिनेता शाहरूख खान स्टारर फिल्म ‘जवान’ आज बिहीबारबाट प्रदर्शनमा आएको छ । यो फिल्मले नेपालका हलमा उच्च शो पाएको छ ।
अग्रिम बुकिङमा पनि फिल्म आक्रमक देखिएको छ । भारतमा ७० करोड भारु हाराहारीको ओपनिङ गर्ने लक्ष्य लिइएको फिल्मले नेपालमा पनि आक्रामक कमाइ गर्ने आँकलन गरिएको छ ।
एट्लीको निर्देशन रहेको यो फिल्ममा शाहरूखसँगै नयनतारा, विजय सेतुपथी, दीपिका पादुकोणलगायतको अभिनय छ ।
विदेशी फिल्म प्रदर्शनमा आएका कारण यो साता नयाँ नेपाली फिल्म प्रदर्शनमा आउने छैनन् ।
आगामी शुक्रवारबाट भने दुईवटा नेपाली फिल्म प्रदर्शनमा आउँदैछन् ।