२९ असार २०८३, सोमबार

राठीकोल र आइडिया नेपालबीच सहकार्य गर्ने सम्झौता

भदौ २२, २०८०
काठमाडौं
राठीकोल र आइडिया नेपालबीच सहकार्य गर्ने सम्झौता

राठी एडेसिभ प्रालि र इन्टेरियर डिजाइनर एसोसिएसन नेपाल (आइडिया नेपाल)बीच विभिन्न क्रियाकलापमा सहकार्य गर्ने सम्झौता भएको छ । 

शुक्रवार एक कार्यक्रमका दुवै संस्थाबीच नेपाली उत्पादनलाई प्रोत्साहन गर्दै बजारमा स्थापित गर्न उक्त सम्झौता गरिएको हो ।

राठीका प्रमुख योगेश राठीले दुवैको उद्देश्य एउटै भएकाले सहकार्यको सम्झौता भएको बताए । 

‘राठीले विदेशी उत्पादनलाई कम गर्दै नेपाली उत्पादनलाई प्रोत्साहन गर्दै लैजाने हिसाबले विगत ३५ वर्षदेखि एडेसिभ उत्पादनहरू गरिरहेको छ’, सम्झौता कार्यक्रममा उनले भने, ‘हामीले देशको बढ्दो व्यापार घाटा घटाउने आइडिया नेपालसँग सहकार्य गरेका हौं । राठीकोल नेपालको उत्कृष्ट ब्राण्ड हो । यसलाई अझ उचाइमा पुर्याउने हाम्रो साझा लक्ष्य हो ।’ 

आइडिया नेपालका अध्यक्ष श्याम श्रेष्ठले राठीकोलका उत्पादनहरू कम्पनीले भनेअनुसार उच्च गुणस्तरको रहेकोले आफूले सहकार्य गर्ने निर्णय गरेको बताए । 

‘राठीले इन्टेनियर डिजाइनलाई सुलभ मूल्यमा अन्तराष्ट्रिय गुणस्तरमको उत्पादनहरू देशैभरी आफ्ना विक्रेतामार्फत उपलब्ध गराउनेछ’, श्रेष्ठले भने, ‘नेपालमै बनेका इन्टेरियर सामाग्रीहरूलाई प्रोत्साहन गरी नेपाली उत्पादनलाई बढावा दिने कार्य हाम्रो कम्पनीबाट हुनेछ ।’
 

salt training

कमेन्ट गर्नुहोस्