१९ असार २०८३, शुक्रबार

६ हजार वडामा पुग्यो माओवादी अभियान

भदौ २५, २०८०
काठमाडौं
६ हजार वडामा पुग्यो माओवादी अभियान

नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रले सुरु गरेको अभियान क्रममा हालसम्म करिब छ हजारभन्दा बढी वडामा नेता कार्यकर्ता पुगेका छन् । तीन महिनासम्म चल्ने जनतासँग माओबादी विशेष रूपान्तरण अभियान क्रममा देशभरका छ हजार ७४३ मध्ये छ हजार ३४२ बडामा अहिले माओबाटोको अभियान चलिरहेको छ ।

 ४०१ बडामा भने अभियान सुरु हुन सकेको छैन । प्रधानमन्त्री एवं माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गत भदौ १६ गते छ हजार ७४३ बडाको अभियान एकै पटक उद्घाटन गरेका थिए।

अभियान उद्घाटनपछि ७५३ स्थानीय तहका सबै वडाले आआफ्नो अनुकूलमा अभियान सुरु गर्ने कार्यतालिका बनाएका थिए। कोशी, मधेरा बागमती, लुम्बिनी र कर्णाली प्रदेशका ४०१ बडामा अभियान उद्घाटन हुन नसकेको खबर गोरखापत्रमा छापिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्