११ साउन २०८३, सोमबार

महोत्तरीमा राजपाले खाता खोल्यो

कात्तिक २०, २०७४
महोत्तरीमा राजपाले खाता खोल्यो

महोत्तरी, ४ असोज– महोत्तरी जिल्लाको महोत्तरी गाउँपालिकामा राष्ट्रिय जनता पार्टीले वडाध्यक्षमा विजय प्राप्त गर्दै जीतको खाता खोलेको छ ।

महोत्तरी गाउँपालिका–१ मा राजपाका जीतेन्द्र यादव ६४० मत ल्याएर वडाध्यक्षमा विजयी भएका छन् ।

मतदान अधिकृत रामानन्दप्रसाद अधिकारीका अुनसार उनले आफ्ना प्रतिद्वन्द्वी संघीय समाजवादी फोरम नेपालका रामनन्दन यादवलाई ५०५ मतान्तरले हराउँदै वडाध्यक्ष पदमा विजयी भएका हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी रामनन्दन यादवले १३५ मत मात्रै प्राप्त गर्नुभएको छ । महोत्तरी गाउँपालिकाको अध्यक्षमा ७९९ मत ल्याएर राजपाका सुनिल राय मतगणनामा अगाडि रहेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्