२९ जेठ २०८३, शुक्रबार
संविधानसभा अध्यक्षको महाप्रस्थान

अन्त्येष्टिका लागि आर्यघाट पुर्‍याइयो नेम्वाङको पार्थिव शरीर [फोटोफिचर]

भदौ २८, २०८०
काठमाडौं
अन्त्येष्टिका लागि आर्यघाट पुर्‍याइयो नेम्वाङको पार्थिव शरीर [फोटोफिचर]

संविधानसभाका अध्यक्ष एवं नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको पार्थिव शरीर अन्त्येष्टिका पशुपति आर्यघाट पुर्‍याइएको छ ।

लिम्बू संस्कृतिअनुसार विधि पूरा गरेर बालुवाटारस्थित निवासबाट निकालिएको शव अन्त्येष्टिका लागि आर्यघाट पुर्‍याइएको हो । नेम्वाङको आज राजकीय सम्मानका साथ अन्त्येष्टि हुँदैछ । 

null

विदेशमा रहेका २ छोरा आउन ढिला भएकाले नेम्वाङको अन्त्येष्टिमा ढिलाइ भएको थियो । छोराहरू बुधवार नेपाल फर्किएपछि बिहीवार अन्त्येष्टि गर्न लागिएको हो ।

उनको निधनको शोकमा सरकारले बिहीवार सार्वजनिक बिदा समेत दिएको छ । 

प्रतिनिधिसभाका पूर्व सभामुख तथा पूर्व कानूनमन्त्रीसमेत रहेका नेम्वाङको सोमवार मध्यराति निधन भएको थियो । 

nullnullnull

कमेन्ट गर्नुहोस्