२५ जेठ २०८३, सोमबार

गैह्रीगाउँ हत्या प्रकरण : तस्वीरमा यस्तो देखियो घटनास्थल

भदौ ३०, २०८०
काठमाडौं
गैह्रीगाउँ हत्या प्रकरण : तस्वीरमा यस्तो देखियो घटनास्थल

काठमाडौंको तीनकुनेस्थित गैह्रीगाउँमा गएराति चार जनाको हत्या भएको छ । गैह्रीगाउँस्थित दिव्य सःमिलमा धारिलो हतियार प्रहार गरी एकै परिवारका तीनसहित चार जनाको हत्या भएको हो ।  

null

हत्या भएकामा दोलखा घर भई हाल सोही काष्ठ मिलमा गेटपालेको काम गर्ने वर्ष अन्दाजी ५६ का कुमार भुजेल, उनकी श्रीमती अन्दाजी ५२ वर्षीया अम्बिका भुजेल,  कुमारकी आमा ७६ वर्षीया शुभद्रा भुजेल र मोरङ बेलबारी स्थायी घर भएका अन्दाजी २० वर्षका नविन राई रहेका छन् । 

null

उनीहरुको शव परीक्षणको लागि महाराजगञ्जस्थित शिक्षण अस्पताल पठाइएको प्रहरीले जनाएको छ । 

प्रकरणको तालिमप्राप्त कुकुरसमेत लगी प्रहरीले अनुसन्धान शुरू गरेको छ । काठमाडौँ उपत्यका प्रहरी कार्यालय, काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले घटनाको अनुसन्धान शुरू गरेको हो । अनुसन्धानका क्रममा सबै नाकामा प्रहरी टोली परिचालन गरिएको काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दीपक थापाले जानकारी दिए । 

null

उनका अनुसार घटनास्थलबाट सोधपुछको लागि काठमाडौं-३२ तीनकुने बस्ने दिपेन्द्र राईलाई नियन्त्रणमा लिइएको छ ।

null

salt training

कमेन्ट गर्नुहोस्