२३ जेठ २०८३, शनिबार
चार जनाको हत्या

गैह्रीगाउँ हत्याकाण्ड : २५ वर्षदेखि सःमिलमा काम गर्थे कुमार, केही दिनअघि मात्रै आएकी थिइन् आमा [भिडियोसहित]

भदौ ३०, २०८०
काठमाडौं
गैह्रीगाउँ हत्याकाण्ड : २५ वर्षदेखि सःमिलमा काम गर्थे कुमार, केही दिनअघि मात्रै आएकी थिइन् आमा [भिडियोसहित]

काठमाडौंको तीनकुने (गैह्रीगाउँ)मा गएराति चार जनाको विभत्स हत्या भयो । हत्या हुनेमा एकै परिवारका तीन जना छन् ।

तीनकुनेस्थित  दिव्य सःमिलमा लामो समयदेखि सुरक्षा गार्डका रूपमा कार्यरत दोलखाका अन्दाजी ५६ वर्षीय कुमार भुजेलसहित उनकी श्रीमती र आमाको समेत हत्या भएको हो । कुमारसहित उनकी श्रीमती अन्दाजी ५२ वर्षीया अम्बिका भुजेल, आमा ७६ वर्षीया शुभद्रा भुजेल र मोरङ बेलबारी स्थायी घर भएका अन्दाजी २० वर्षका नविन राईको हत्या भएको हो । 

null

कुमार उक्त मिलमा २५ वर्षदेखि काम गर्दै आएका थिए । कुमारका आफन्तले बताएअनुसार उनका बुबा पनि पहिले सोही मिलमा काम गर्थे । बुबाको केही महिनाअघि मृत्यु भएको थियो । आज कुमारसहित श्रीमती अम्बिका र आमा सुभद्राको एकैपटक हत्या भएको छ । कुमारका कुनै सन्तान नरहेको आफन्तले बताएका छन् । 

श्रीमतीसँग बस्दै आएका कुमारकी आमा भने केही दिनअघि मात्रै काठमाडौं आएकी थिइन् । उनी कुशे औशीको अवसरमा काठमाडौं आएको आफन्तले बताएका छन् । 

घटनाको अनुसन्धान गरिरहेको प्रहरीले आफन्तसँग समन्वय नगरेको उनीहरूको गुनासो छ । प्रहरीले आफन्तसँग समन्वय नै नगरी हतारहतार शव उठाएको भन्दै उनीहरूले आक्रोश पोखेका छन् । 

घटनास्थलमा भेटिएका कुमारका एक आफन्तले मिल सञ्चालकले हतार हतारमा शव परीक्षणका लागि अस्पताल पठाएको गुनासो गरे । मिल दोलखाका व्यवसायी बालकृष्ण शिवाकोटीको हो  ।

null

उनीहरूले शव शिक्षण अस्पताल महाराजगञ्जमा रहेको सुनेका मात्रै छन्, देख्न पाएका छैनन् । ‘यहाँ कुनै सीसीटीभी क्यामेरा छैन, प्रहरीले समन्वय गरेको छैन, हामीलाई घटना मिलेमतोमा भएकोजस्तो लागेको छ । गम्भीर अनुसन्धान हुनुपर्छ,’ घटनास्थालमा भेटिएका कुमारका एक आफन्तले भने । 

घटनाको अनुसन्धान गरिरहेको प्रहरीले एक जनालाई पक्राउ गरेको छ । घटनास्थलबाट सोधपुछको लागि काठमाडौं-३२ तीनकुने बस्ने दिपेन्द्र राईलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । 

उनले मदिरा सेवन गरेको पाइएको काठमाडौं प्रहरी परिसरका एसपी कुमोद ढुंगेलले लोकान्तरलाई जानकारी दिए । राति सबैले सँगै मदिरा सेवन गरेको हुनसक्ने प्रहरीको अनुमान छ । 

तर, घटनास्थलमा मदिरा सेवन गरेको प्रमाण भने फेला नपरेको उनले बताए । 'पक्राउ परेका व्यक्ति अहिलेसम्म पनि मदिराले लट्ठ छन्,' उनले भने, 'राति सबैले सँगै मदिरा सेवन गरेको हुनसक्छ । तर, घटनास्थलमा मदिराका बोत्तल भने फेला परेका छैनन् ।'

null

प्रकरणको तालिमप्राप्त कुकुरसमेत लगी प्रहरीले अनुसन्धान गरिरहेको छ । काठमाडौँ उपत्यका प्रहरी कार्यालय, काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले घटनाको अनुसन्धानमा छ ।

अनुसन्धानका क्रममा सबै नाकामा प्रहरी टोली परिचालन गरिएको काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दीपक थापाले जानकारी दिए ।

भिडियो हेर्नुहोस्

तस्वीर/भिडियो: प्रकाश बुढाथोकी/लोकान्तर

salt training

कमेन्ट गर्नुहोस्