कात्तिक २७, २०८०
गायक एवं सर्जक प्रकाश दूतराजको पछिल्लो गीतले तीन सातामै युट्युबमा करोड भ्युज पाएको छ । दशैंको छेको पारेर दूतराजले सार्वजनिक गरेको ‘रिमै...’ सोमवार करोड क्लबमा प्रवेश गरेको हो । यो ग...
चलेका अधिकांश लोकदोहोरी गायक/गायिकाको यस वर्षको तीज विदेशमा बित्दैछ ।
तीज गीतमा चलेका गायक/गायिका केही सातादेखि विदेशस्थित नेपाली समुदायले आयोजना गरेको साङ्गीतिक कार्यक्रममा व्यस्त छन् ।
विभिन्न देशमा नेपाली समुदायले आयोजना गरेको तीज विशेष कार्यक्रममा नाचगान गरेर कलाकारहरूले सोमवार हरितालिका तीज मनाउँदैछन् । कोरोनाका कारण अघिल्ला केही वर्ष विदेशमा खास्सै कार्यक्रम हुन नसकेकोमा यस वर्षदेखि विदेशका तीज विशेष कार्यक्रम लयमा फर्किएको हो ।
गायक प्रकाश सपूतले सोमवार नयाँ दिल्लीस्थित इन्दिरा गान्धी स्टेडियममा आयोजित हरितालिका तीज महोत्सवमा प्रस्तुति दिँदैछन् । केही दिनअघि अस्ट्रेलियामा तीज विशेष कार्यक्रम सकेर फर्किएका उनी तीजको दिनको प्रस्तुतिका लागि दिल्ली पुगेका हुन् ।
गायक पशुपति शर्मा केही सातादेखि अस्ट्रेलियामा छन् । उनले त्यहाँ आयोजित विभिन्न तीज विशेष कार्यक्रममा प्रस्तुति दिइसकेका छन् । गायक खुमन अधिकारी तीज विशेष कार्यक्रमको शिलशिलामा दुबईमा छन् ।
गायिका शान्तिश्री परियारले विगत १७ दिनदेखि अस्ट्रेलियामा रहेर त्यहाँ आयोजित तीज विशेष कार्यक्रममा प्रस्तुति दिइन् । गायक खेम सेञ्चुरीले पनि अस्ट्रेलियाका विभिन्न सहरमा तीज विशेष कार्यक्रममा प्रस्तुति दिए ।
तीजको दिन सोमबार भने शान्तिश्री र खेम नयाँ दिल्ली पुगेर दर्शक नचाउनेछन् ।
गायिका सुनिता दुलाल पनि यतिबेला विदेशमै छिन् । अर्की गायिका सुनिता बुढा क्षेत्री भने अस्ट्रेलियाको तीज विशेष कार्यक्रम सकेर स्वदेश फर्किएकी छिन् । उनले तीजको दिन धादिङको गजुरीमा प्रस्तुति दिँदैछिन् ।
भिसा अस्वीकृत भएपछि गायिका सिन्धु मल्ल तीज विशेष कार्यक्रमका लागि अस्ट्रेलिया जान पाइनन् । अस्ट्रेलियाको भिसा अस्वीकृत उनी तीज विशेष कार्यक्रमका लागि भारतको भोपाल पुगेकी छन् ।
गायिका कला लम्साल, मञ्जु पौडेल लगायतका अन्य थुप्रै चलेका गायक/गायिका पनि यतिबेला नेपालमा छैनन् ।
पछिल्लो पुस्ताका गायिकाहरू एलिना चौहानले अस्ट्रेलियामा तीज मनाउँदैछिन् भने रचना रिमालले साइप्रसमा साङ्गीतिक प्रस्तुति दिँदैछिन् ।
अस्ट्रेलियाले भिसा नदिएपछि गायिका समीक्षा अधिकारीले भने आफ्नो गृहजिल्लामै साङ्गीतिक प्रस्तुति दिएर तीज मनाउँदैछिन् ।
गायक एवं सर्जक प्रकाश दूतराजको पछिल्लो गीतले तीन सातामै युट्युबमा करोड भ्युज पाएको छ । दशैंको छेको पारेर दूतराजले सार्वजनिक गरेको ‘रिमै...’ सोमवार करोड क्लबमा प्रवेश गरेको हो । यो ग...
कोरियोग्राफर रामजी लामिछाने एकसमय दिनैपिच्छे म्युजिक भिडियोको सुटिङमा व्यस्त हुन्थे । चल्तापुर्जा कोरियोग्राफर उनी महिनामा २२ वटासम्म म्युजिक भिडियोमा काम गर्थे । पछिल्ला महिना भने म्युजिक भिडियोमा उनको...
अहिलेकी चर्चित गायिका रचना रिमाल त्यतिबेला कक्षा ५ मा पढ्दै थिइन् । पहिलोपटक विद्यालयबाट जिल्लास्तरीय गायन प्रतियोगीतामा उनी सहभागी भइन् । उकाली ओरालीहरूमा भञ्ज्याङ अनि चौतारीहरूमा.... त्यहाँ उनले ता...
देउरालीमा धजा रिमै मन उतै नजा, भनेकै मान्दैन सालैजो... गायक एवं सर्जक प्रकाश दूतराजको पछिल्लो गीत ‘रिमै...’ केही दिनयता निकै चर्चामा छ । विगतमा जस्तै यस गीतबाट पनि उनले स्रोता ए...
हाँस्य कलाकार सिताराम कट्टेल र कुञ्जना घिमिरेले वैवाहिक वर्षगाँठको अवसर पारेर ‘भगवान कसम’ बोलको गीत सार्वजनिक गरेका छन । १५ औं वैवाहिक वर्षगाँठको अवसर पारेर ‘धुर्मुस–सुन्तली&rsqu...
नेपाली लोकदोहोरी क्षेत्रमा दुई प्रकाशका प्रायः गीतले स्रोता दर्शकको माया पाउँदै आएका छन् । उनीहरूले जुन गीत ल्याउँछन् त्यही हिट हुन्छ भन्ने छाप स्रोता–दर्शकमा परिसकेको छ । गायक प्रकाश सपूत र प्...
जलवायु परिर्वतनसम्बन्धी सम्मेलन सन् १९९५ मा जर्मनीको बर्लिनबाट शुरू भई २८ औं कोप सम्मेलन दुबईमा भइरहेको छ । शुरू–शुरूका सम्मेलनमा मानव जीवन र प्रकृतिका बीच सन्तुलन कायम गरी दिगो विकास गर्न जोड दिएको पाइन्...
मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्, दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....। हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...
कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...