१८ असार २०८३, बिहीबार

फेरि ३४ पानाको राहदानी वितरण

असोज ५, २०८०
काठमाडौं
फेरि ३४ पानाको राहदानी वितरण

राहदानी विभागले फेरि ३४ पानाको राहदानी वितरण  गर्ने  भएको  छ  ।  अर्को  सातादेखि  ३४  पानाको राहदानी वितरण हुने जानकारी विभागले दिएको छ । 

विभागका  प्रवक्ता  कुमार  राईका  अनुसार  ३४  पानाको  राहदानीका  लागि  असोज  १  देखि  आवेदन खुला गरिएको छ । अब भरिएको आवेदन अनुसार अर्को साता इनरोलमेन्टका लागि मिति प्राप्त गरेकाले पहिलेकै शुल्क १२ हजार रुपियाँमा द्रुत सेवामार्फत राहदानी पाउने राईले बताए ।

 पुरानै कम्पनीसँग विभागले गरेको सम्झौता अनुसार अर्को साता २८ लाख प्रति राहदानी नेपाल आइपुग्ने भएको छ । ३४ पानाको राहदानीको मौज्दात सकिएपछि गत असार ३ देखि विभागले ६६ पानाको राहदानी ३४ पानाकै शुल्कमा वितरण थालेको थियो । तत्कालको अभाव पूर्तिका लागि धेरै मौज्दात रहेको ६६ पानाको राहदानी ३४ पानाकै शुल्कमा वितरण गरिएको थियो ।

 यो  सातासम्ममा  ६६  पानाको  राहदानीको  मौज्दात  सकिने अनुमान विभागले गरेको छ । सामान्य ३४ पानाको राहदानीको वितरण हुने भएकाले सो विकल्प अनुसार नयाँ राहदानीका लागि अनलाइन आवेदन गर्नका लागि विभागले अनुरोध गरेको छ, गोरखापत्रमा खबर छ । 

salt training

कमेन्ट गर्नुहोस्