१८ असार २०८३, बिहीबार

सुन प्रकरणमा यी व्यक्तिहरु अब सम्पति शुद्धिकरण र अख्तियारको पनि फन्दामा

असोज ५, २०८०
काठमाडौं
सुन प्रकरणमा यी व्यक्तिहरु अब सम्पति शुद्धिकरण र अख्तियारको पनि फन्दामा

 काठमाडौं । सरकारी वकिलको कार्लयले सुन तस्करी प्रकरणमा संलग्न १६ जनालाई सम्पति शुद्धिकरण विभाग र पाँच जनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमार्फत् भ्रष्टाचारको कसुरमा छानबिन गर्न पत्राचार गरेको छ ।

सुन प्रकरणमा एकीकृत कसुरमा जिल्ला अदालतमा मुद्दा दायर गरेपछि कार्यालयले विभाग र आयोगमार्फत् अनुसन्धान गर्न बिहीबार ती निकायहरूलाई अलग अलग पत्राचार गरेको हो ।

कार्यालयले सुन प्रकरणमा संलग्न दावा छिरिङसहित १६ जनामाथि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमार्फत् छानबिन गर्नसमेत सिफारिस गरेको छ । सिफारिसमा परेकाहरूमा दावा पत्नी अमला रोका, जीवन चलाउने, किशोर बस्नेत, हर्कराज राई, कृष्णकुमार श्रेष्ठ, पुष्करराज श्रेष्ठ, राजेन्द्रकुमार राई, सुदर्शन गौतम, रुकमिना सुब्बा, रामकुमार भुजेल, यादव पराजुली, दिलिप भुजेल, सुमन खरेल, शिवकुमार सर्राफ र भोला शाह रहेका छन् । त्यस्तै, अख्तियारमार्फत् छानबिन गर्न भनेका कर्मचारीहरूमा त्रिभुवन विमानस्थलमा सुन जाँच पासमा संलग्न सन्तोष चन्द, भन्सार कार्यालयका भन्सार जाँच पास अधिकृत गणेशप्रसाद पौडेल, नायब सुब्बा वीरेन्द्र नेपाली, कुमार ढकाल र एक्स–रे जाँचमा संलग्न सरोज श्रेष्ठ रहेका छन् । नेपाल समाचारपत्रले खबर छापेकाे छ । 

salt training

कमेन्ट गर्नुहोस्