×

Dabur

नेत्तृत्व तहमा पूर्वकप्तानको उदय

बेथिति र भद्रगोल क्यानमा ‘प्रभावशाली’ पारसको उदयले कस्तो प्रभाव पार्ला ?

काठमाडाैं | असोज ६, २०८०

NTC
Premier Steels
Marvel

क्रिकेटमा सक्रिय हुँदाहुँदै दुई वर्षअघि सन्यास लिएका नेपाली राष्ट्रिय टोलीका पूर्वकप्तान पारस खड्का अन्ततः नेपाल क्रिकेट संघ (क्यान)को ‘प्रभावशाली’ पदाधिकारीमा आएका छन् । 

yONNEX
Sagarmatha Cement

क्यानको बाग्मती अध्यक्षहुँदै पारस केन्द्रीय सचिव पदमा निर्वाचित भएका हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

शुरूमा पारसले एकैपटक केन्द्रीय अध्यक्ष नै ताकेका थिए । तर त्यो छोडेर पछि उनी बाग्मती संघको अध्यक्षहुँदै केन्द्रीय सचिवमा निर्वाचित भएका छन् । 


Advertisment

क्यानको नेतृत्वमा पुग्ने हुटहुटीकै कारण सक्रिय क्रिकेट जीवन त्यागेका पारस दुई वर्षमै केन्द्रीय नेत्तृत्वमा आएका हुन् । 

Vianet communication
Laxmi Bank

बाग्मतीको अध्यक्षमा जितेपछि पारसले अध्यक्ष चतुरबहादुर चन्दलाई चुनौती दिने तयारी गरेका थिए । 

तर केन्द्रको निर्वाचनसम्म आइपुग्दा पारस चन्दकै प्यानलबाट सचिवमा निर्वाचित भएका हुन् । अध्यक्षमा शनिवार बिहान नै चन्द सर्वसम्मत भएका थिए ।

सचिवको चुनावमा आफैँलाई मतदान गर्दै पारस खड्का ।

सचिवको मतगणनामा शुरूदेखि नै कडा टक्कर देखिएको थियो । पारसले शुरूवाती २५ मत गणना गर्दा जम्मा एक मतको अग्रता लिएका थिए । तर अर्को २५ मत गणना गर्दा ७ मतको अग्रता लिएका थिए । ५० मत गणनामा पारसले ८ मत अग्रता लिए । 

६० मत गणना गर्दा पारसले ३७ र प्रशान्तले २३ मत ल्याएका थिए । ७५ मत गणना गर्दा पारसले जित पक्का गरेका हुन् । ७५ मतमा पारसले ४३ र प्रशान्तले ३२ मत ल्याएका थिए । 

यो १५ मतमा भने पारसले ६ ल्याउँदा थप्दा प्रशान्तले ९ मत थपे । बाँकी १० मतमा पारस र प्रशान्त दुवैले ५-५ मत थप्दा पारस ४८ मत ल्याएर ११ मतले विजयी भए । प्रशान्तले ३७ मत प्राप्त गरे । पारसले पराजित गरेका प्रशान्त पूर्वकेन्द्रीय सचिव एवं केन्द्रीय सदस्य हुन् ।

भद्रगोल र बेथिति चिर्नुपर्ने चुनौतीका चाङ

राष्ट्रिय टोलीका कप्तान र खेलाडीको रुपमा नेपाली क्रिकेटलाई माथिल्लो स्तरमा पुर्याउन पारसको महत्वपूर्ण भूमिका रहेको छ । कमजोर व्यवस्थापन र सीमित स्रोत साधनका भरमा नेपालले वर्षौसम्म हुटहुटी देखाएरै क्रिकेट खेल्दै आएको छ । तर क्रिकेटको राष्ट्रिय, अन्तर्राष्ट्रिय सबै परिवेश बुझेका पारसजस्ता खेलाडी नेत्तृत्व तहमा आउनु आफैंमा सकारात्मक पाटो हो । तर मैदान, प्रतियोगिता, सेवा सुविधा, एक्सपोजरजस्ता आधारभूत विषयमै अल्झिनुपरेको स्थितिबाट माथि उठाउनुपर्ने ठाउँमा अब पारसले खुट्टा राखेका छन् । सेवा–सुविधाभन्दा  खेलाडीको हुटहुटीले मात्रै नेपाली क्रिकेटले उचाइ लिएको देखिन्छ । एकदिवसीय (ओडीआई) वरीयता, क्रिकेटका विश्वकप क्वालिफायर, एसिया कप छनोटमा भारत पाकिस्तानसँगका बहादुरी खेल राज्य र क्यानको लगानीभन्दा धेरै खेलाडी र क्रिकेटलाई माया गर्ने समर्थकको देन हो भन्दा फरक पर्दैन । 

तर क्रिकेटलाई गहिरो गरी बुझेका पारसजस्ता व्यक्ति क्रिकेट व्यवस्थापनको बोर्डमा आउनु उनीमाथि उत्तिकै चुनौती पनि भएको विश्लेषण गर्न गाह्रो छैन । किनकि, कमजोर पूर्वाधार र व्यवस्थापनको अभावमा हुटहुटीले मात्रै क्रिकेटको संस्थागत विकास हुँदैन । 

लगातार दोस्रोपटक चतुरबहादुर चन्द अध्यक्ष हुँदा पारस उनकै प्यानलबाट सचिवमा निर्वाचित भएका छन् । चन्द राजनीतिक रुपमा नेपाली कांग्रेससँग आबद्ध छन् । उनी अहिले पनि कांग्रेसको बैतडी जिल्ला सभापति हुन् । यसैले क्रिकेटलाई पार्टीगत छायाँबाट माथि उठाउन पारसले अब चन्दलाई डोहोर्याउनुपर्ने हुन्छ । तर उल्टो पारस चन्दकै बाटोमा डोहोरिए भने उनी पनि क्रिकेट संस्थाको फोहोरो राजनीतिमा डुब्नेछन् । पद र प्रतिष्ठानको भोकमा यसअघिका अध्यक्षले जस्तै मनोमानी र विकृति भित्र्याउन सक्ने जोखिमबाट भने पारसले बच्नुपर्नेछ ।

null 

क्यानलाई राजनीतिक हस्तक्षेपबाट मुक्त गराउन नसकेको, आर्थिक रुपमा पारदर्शी नभएको, राखेपले मान्यता नदिएकोजस्ता विवादमा चन्द नेतृत्वको क्यान फस्न पुगेको थियो । चतुरबहादुर चन्द क्यानको अध्यक्षमा निर्वाचित भए पनि अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले साढे तीन वर्षसम्म क्यानलाई निलम्बन गरेको थियो । दर्शकको माया र नेपाली खेलाडीको खेलप्रतिको लगावका कारण आईसीसीले निलम्बनमा पनि नेपाललाई निरन्तर सहयोग गर्दा नेपाल क्रिकेटमा धेरै पछाडि पर्नबाट बचेको थियो । 

निलम्बन फुकुवा भएपछि चन्दले राजनीतिक हस्तक्षेप र अपारदर्शिता हटाउन केही कदम चाले पनि त्यो पर्याप्त भने भएको छैन । राजनीतिक आधारमा आन्तरिक क्रिकेटमा पहुँच र प्रभाव बढाए पनि चन्दको आईसीसीसँग प्रभावशाली पहुँच विस्तार गर्न नसकेको आरोप लाग्ने गरेको छ । यस्तोमा अन्तर्राष्ट्रिय क्रिकेटमा राम्रो छवि बनाएका पारसको साथ लिन सक्दा चन्दले आफूलाई पनि कुशल व्यवस्थापकमा उभ्याउन सक्छन् । होइन पारसलाई अस्वस्थ राजनीतिमा धकेल्न खोजे भने उनैलाई उल्टो चुनौती हुनेछ । 

क्रिकेटका भद्रगोल र बेथितिलाई पार लगाउन नसकेकोमा ‘क्यान’ सधैं ‘नट क्यान’का रुपमा परिचित छ । तर पारसलाई क्रिकेटको विकासमा सँगै लिएर हिँड्न पाउने अवसर चन्दलाई चुनौतीभन्दा अवसर बढी हो । 

hAMROPATRO BELOW NEWS
NLIC
TATA Below
कात्तिक १९, २०८०

आईसीसी टी ट्वान्टी विश्वकप क्रिकेटको एसिया छनोटको उपाधिको छिनोफानो आज (आइतबार) हुँदैछ । छनोटको फाइनलमा नेपालले आज ओमानको सामना गर्दै छ । दुई देशबीचको खेल ११ बजे बिहान टीयू क्रिकेट मैदानमा शुरू हुनेछ ।&nb...

कात्तिक २२, २०८०

नेपालले एसीसी यू–१९ एसिया कपमा बलिया टोली भारत, पाकिस्तान र अफगानिस्तानजस्ता बलिया प्रतिद्वन्द्वी पाएको छ । एसियन क्रिकेट परिषद् (एसीसी)ले बुधवार सार्वजनिक गरेको तालिकाअनुसार समूह ‘ए’म...

कात्तिक १८, २०८०

एकदिवसीय विश्वकपमा वर्षाले खेल रोकेपछि पाकिस्तानलाई फाइदा भएको । पाकिस्तानले डीएलएस मेथडमा न्युजिल्यान्डलाई २१ रनले पराजित गरेको हो । न्युजिल्यान्डले दिएको ४०२ रनको विशाल लक्ष्य पछ्याउने क्रममा पाकिस्तानले २५....

कात्तिक १७, २०८०

कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...

मंसिर ३, २०८०

अष्ट्रेलियाले छैटौँ पटक आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार घरेलु टोली भारतलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलियाले उपाधिमाथि कब्जा जमाएको हो । हमादाबादस्थित नरेन्द्र मोदी स्टे...

कात्तिक २१, २०८०

चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...

'क्लाइमेट चेन्ज' : नेपालजस्ता गरिब राष्ट्रको न्यायका लागि जलवायु कूटनीति सक्रिय बनाऔं

'क्लाइमेट चेन्ज' : नेपालजस्ता गरिब राष्ट्रको न्यायका लागि जलवायु कूटनीति सक्रिय बनाऔं

मंसिर २०, २०८०

जलवायु परिर्वतनसम्बन्धी सम्मेलन सन् १९९५ मा जर्मनीको बर्लिनबाट शुरू भई २८ औं कोप सम्मेलन दुबईमा भइरहेको छ । शुरू–शुरूका सम्मेलनमा मानव जीवन र प्रकृतिका बीच सन्तुलन कायम गरी दिगो विकास गर्न जोड दिएको पाइन्...

रूकुम पश्चिम र जारजरकोटमा ओइलाएका सयपत्री फूल अनि ज्यूँदा सपना

रूकुम पश्चिम र जारजरकोटमा ओइलाएका सयपत्री फूल अनि ज्यूँदा सपना

मंसिर ३, २०८०

मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्,​ दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....।  हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...

'टिकटकसँग डराउने मान्छे प्रचण्ड हुन सक्दैनन्'

'टिकटकसँग डराउने मान्छे प्रचण्ड हुन सक्दैनन्'

कात्तिक ३०, २०८०

कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...

x