कात्तिक १७, २०८०
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...
काठमाडाैं | असोज ७, २०८०
१८ वर्षभन्दा कम उमेरमा अपराध गरेको आधारमा अहिले ३०/३५ वर्ष भइसकेका कैदीबन्दीलाई पनि सँगै राखिएकाले बालसुधार गृहहरूमा समस्या देखिएको निष्कर्ष सरकारी छानबिन समितिले निकालेको छ ।
भक्तपुरस्थित बालसुधार गृहमा एक बालकको मृत्यु तथा सुधार गृह नै ‘ब्रेक’ गरेर कैदीबन्दी भागेपछि छानबिनका लागि प्रमुख जिल्ला अधिकारी रोशनी कुमारी श्रेष्ठको नेतृत्वमा गठित समितिले उक्त निष्कर्ष निकालेको हो ।
१८ वर्षभन्दा कम उमेरका बालबालिका तथा किशोर किशोरी र ३०/३५ वर्ष भइसकेका वयस्क कैदीबन्दीलाई एकसाथ राखिएकाले समस्या देखिएको निष्कर्ष रहेको समितिका सदस्य समेत रहेका भक्तपुरका सहायक प्रमुख जिल्ला अधिकारी डोलेन्द्र निरौलाले लोकान्तरले बताए ।
‘मुख्य समस्या त १८ वर्षभन्दा माथिका कैदीहरूलाई राख्दा देखिएको छ,’ निरौलाले भने, ‘कम र बढी उमेरका कैदीबन्दीलाई एकसाथ राख्दा उमेरका कारण समस्या भएको पाइयो ।’
समितिले १८ वर्ष नाघेकाहरूलाई कारागारमा सार्न सिफारिश गरेको उनले बताए ।
सुधार गृहमा स्वास्थ्य, खानेपानी, बसाइलगायतका विषयमा समेत कमजोरी भएको समितिले औंल्याएको छ ।
सरकारले निजी संस्थालाई बालसुधार गृह सञ्चालन गर्न दिँदा उनीहरूले आफ्नो स्वार्थमा चलाउन खोज्ने गरेकाले पनि समस्या भएको पाइएको उनले बताए ।
सुधार गृहहरूमा खानेपानी, खाना, बस्न, स्वास्थ्यलगायतका कारणले भक्तपुरमा कैदी कमल बस्नेतको मृत्यु भएको निष्कर्ष निकालिएको निरौलाको भनाइ छ ।
समितिले समस्या समाधानका लागि दीर्घकालीन र अल्पकालीन विषयहरू सुधारका लागि सुझाव दिएको उनको भनाइ छ ।
तर, कारागार व्यवस्थापन विभाग भने यो विषय आफ्नो कार्यक्षेत्र भित्र नपर्ने भन्दै पन्छिएको छ । विभागका महानिर्देशक काशीराज दाहालले सुधार गृह आफ्नो कार्यक्षेत्र भित्र नपर्ने बताए ।
‘सिदा’ उपलब्ध गराउने तथा सुधार गृह र सीडीओ कार्यालयले सिफारिश गरेका कैदीबन्दीलाई सरुवाको अनुमति दिने अधिकार मात्र आफूहरूलाई रहेको उनको भनाइ छ ।
‘विभागको काम सिदा दिने र सिफारिश भएर आएका कैदीहरूलाई सरुवाको अनुमति दिने मात्रै हो, अरू सुधारलगायतका काम महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको हो,’ महानिर्देशक दाहालले लोकान्तरसँग भने ।
पछिल्लो समयमा बालसुधार गृहमा झडप र मृत्युका घटना बढेका छन् ।
शुक्रवार राति बाँकेको डुडुवा गाउँपालिका– ६ को जयन्दु बालसुधार गृहमा झडप हुँदा १ जनाको मृत्यु भएको छ ।
रुपन्देहीका २१ वर्षीय सुलभ केसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक (एसपी) सन्तोषसिंह राठोरले जानकारी दिए ।
२ पक्षबीच झडप हुँदा १० जना घाइते भएका थिए । तीमध्ये अहिले ४ जनाको अवस्था गम्भीर छ ।
घाइतेहरूको नेपालगञ्ज मेडिकल कलेज र भेरी अस्पतालमा उपचार भइरहेको छ । घटनापछि सुरक्षा तैनाथी बढाइएको छ । बालसुधार गृहमा तोडफोड र आगजनी समेत भएको थियो ।
भदौ ४ गते भक्तपुरको मध्यपुरथिमि नगरपालिका– २ सानोठिमीस्थित बालसुधार गृहको पछाडिको गेट भत्काएर २ सय २१ जना कैदीबन्दी फरार भएका थिए ।
१८ वर्षको उमेरमा (२०७७ जेठ २९ गते) पाँच वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको अभियोगमा सजाय भुक्तान गर्न बालसुधार गृह सानोठिमी ल्याइएका रामेछापको मन्थली नगरपालिका– ३, कठजोरका २१ वर्षीय कमल बस्नेतको उच्च ज्वरोलगायतका कारण भदौ ३ गते बिहान मृत्यु भएपछि सुधार गृहमा झडप भएको थियो ।
त्यसको भोलिपल्ट कैदीबन्दीहरू सुधारगृह भत्काएर भागेका थिए । प्रहरीलाई समेत लखेटेर कुटपिट गर्न थालेपछि अश्रु ग्यास नै प्रहार गर्नुपरेको थियो । त्यहाँबाट भागेका कैदीबन्दी बाहिर सडकमा आतंक मच्चाएका थिए ।
त्यति मात्र नभएर त्यहाँबाट पर्सा सारिएका कैदीबन्दीले त्यहाँ पनि झडप अवस्था सिर्जना गरेका थिए ।
भदौ २७ मा पर्साको वीरगञ्जस्थित बाल सुधार गृह रातभर तनावग्रस्त भएको थियो । भक्तपुरबाट १८ जना बालकैदीहरूलाई त्यहाँ सारिएको थियो ।
उनीहरूले खान नपाएको, यातना दिएको र विभेद गरिएको भन्दै झडप गरेका थिए ।
जिल्ला प्रहरी परिसर भक्तपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) वसन्त पाठकका अनुसारका अनुसार भक्तपुरबाट पर्सामा १८ जना, मकवानपुरमा १५ जना, रुपन्देहीमा १८ जना र डोटीमा ८ जनालाई सरुवा गरिएको थियो ।
‘त्यो समयमा अलि अराजकता फैलाउन सक्ने कैदीहरूलाई मध्यनजर गरेर कारागार व्यवस्था विभागको स्वीकृतिमा सुधार गृहले सारेको थियो,’ डीएसपी पाठकले लोकान्तरसँग भने, ‘वार्डेनलाई पनि तत्कालै निस्कासन गरिएको थियो ।
उनका अनुसार अहिले पनि भक्तपुर बालसुधार गृहमा २ सय ५४ जना कैदीबन्दी छन् ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
नेपाल प्रहरीको साइबर ब्युरोले सामाजिक सञ्जाल (टिकटक र फेसबूक)को दुरुपयोग गरी चरित्रहत्या गर्ने एक जनालाई बिहीव्ँरु पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिराहा, लहान नगरपालिका स्थायी घर भइ हाल काठमाडौं बस्ने ३६ व...
उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...
बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...
मकवानपुरको मनहरि गाउँपालिका–८ हेटौंडा–नारायगढ सडकखण्डको सिमपानीमा रोकिराखेको एक ट्रकमा अवैधरूपमा ल्याइएको लागूपदार्थ गाँजा फेला परेपछि ट्रकसहित चालकलाई स्थानीय प्रहरीले नियन्त्रणमा लिएको छ...
सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...
नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...
नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...