
नेपालमा सुजुकी मोटरसाइकल र स्कुटरको आधिकारिक आयतकर्ता तथा बिक्रेता भीजी अटोमोबमाइल्स प्रालिले ‘बाँडौं खुसी चढौं सुजुकी’ स्किम ल्याएको छ ।
दशैं, तिहार तथा छठ पर्वको उपलक्ष्यमा ग्राहकलाई मध्यनजर गर्दै स्किम सार्वजनिक गरिएको कम्पनीले जनाएको छ ।
स्किमअन्तर्गत ग्राहकहरूले प्रत्येक सुजुकी मोटरसाइकल तथा स्कुटरको खरिदमा दश हजार रुपैयाँ छुट पाउनेछन् ।
साथै सुजुकी ब्रान्डको पुरानो मोटरसाइकल तथा स्कुटरसँग नयाँ सुजुकी एक्सचेन्ज गर्दा १५ हजार रुपैयाँ तथा अन्य कुनै ब्रान्डको पुराना मोटरसाइकल तथा स्कुटरसँग नयाँ सुजुकी एक्सचेन्ज गर्दा १० हजार रुपैयाँ थप मूल्याङ्कन प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।
शून्य प्रतिशत फाइनान्सको सुविधाका साथै एक वर्षको सडक करसमेत कम्पनीले आफैं तिरिदिनेछ ।
कम्पनीका अनुसार यो स्किम अन्तर्गत हरेक १५ दिनमा ‘लक्की ड्र’मार्फत एक जनालाई १० ग्राम सुनको सिक्का उपलब्ध गराइने छ ।
यो स्किम दशैं, तिहार तथा छठसम्म लागू हुने कम्पनीले जनाएको छ ।
बीएससीक्स इन्जिनका साथै एसईपी टेक्नोलोजी, पावर, स्टाइल, कम्फर्ट, ५ वर्ष वारेन्टी र अन्य थुप्रै फिचर भएको सुजुकी मोटरसाइकल तथा स्कुटरले ग्राहकको मन जित्ने कम्पनीको विश्वास छ ।