
१९औँ एसियाली खेलकुद, २०२२ अन्तर्गत स्क्वासको पुरुष टिम इभेन्टस्मा नेपाल भारतसित पराजित भएको छ । नेपालको पुरुष टोली भारतसित ३–० ले पराजित भएको हो ।
आज सम्पन्न पहिलो खेलमा नेपालका अमृत थापामगर भारतका अभय सिंहसित २–११, ४–११ र १–११ अकले पराजित भए । अर्को खेलमा नेपालका अराहन्तकेशर सिंह भारतका महेश मान्गोनकरसित २–११, ३–११ र ३–११ अंकले पराजित भए ।
यस्तै अमिर ब्लोन भारतका हरिन्दरपाल सिंहसित अन्तिम खेलमा १–११ ,२–११ र ६–११ अंकले पराजित भए । समूह ‘ए’ मा रहेको नेपाल यसअघि कुवेत, पाकिस्तान, कतार र सिंगापुरसित ३–० को सोझो सेटमा पराजित भएको थियो ।
फेन्सिङ पराजित
१९औँ एसियाली खेलकुद अन्तर्गत आज सम्पन्न फेन्सिङ खेलमा नेपालको पुरुष र महिला टोली पराजित भएको छ । पुरुष साब्रे टोली कजाकिस्तानसित १ै५–४५ अकले पराजित भयो । यस्तै महिला फोइल टोली जापानसित १०–४५ अकले पराजित हुँदै क्वाटरफाइनलबाटै बाहिरिएको छ ।