२६ असार २०८३, शुक्रबार

कोरियन एयरको टिकट नकाट्न निर्देशन

असोज १२, २०८०
काठमाडौं
कोरियन एयरको टिकट नकाट्न निर्देशन

नेपाल नागरिक उड्डयन प्राधिकरणले आगामी जाडो याम (विन्टर सिजन) का लागि टिकट नकाट्न कोरियन एयरलाई जानकारी गराएको छ । कोरियन एयरले दुई देशबिचको हवाई सेवा सम्झौताको प्रावधानविपरीत महँगो टिकट शुल्क लिएर एकलौटी उडान गर्दै आएको र नेपाल बायुसेवा निगमको नियमित उडानलाई प्रभावित पार्दै आएको जनाउँदै अक्टोबर अन्त्यदेखिका टिकट नबेच्न निर्देशन दिएको हो।

प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार कोरियन एयरको नेपालका लागि जनरल सेल्स एजेन्ट युनिभर्सल ट्राभल्सलाई टिकट नबेच्न निर्देशन दिइएको हो। अनेक बहानाबाजी गरेर वर्षौंसम्म निगमको जहाजका लागि उडान अनुमति नदिएको र दुई  देशबिचको   हवाई  सम्झौताविपरीत  बिनाप्रतिस्पर्धा एकोहोरो   उडान  गर्दै  आएको  लगायतका कारण सो निर्देशन दिएको खबर गोरखापत्रमा छापिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्