१३ असार २०८३, शनिबार

शरीरमा जमरा उमार्न नौ दिनलाई सुते कृष्ण !

कात्तिक २०, २०७४
शरीरमा जमरा उमार्न नौ दिनलाई सुते कृष्ण !

काठमाडौं, ५ असोज – घटस्थापनाको दिन ३६ बर्षीय कृष्ण शाहीले शरीरमा जमरा उमार्ने कठीन कार्य शुरु गरेका छन् । उनले काठमाडौंको शोभाभगवती मन्दिर परिसरमा दशैंको पहिलोदिन आफ्नो शरीरमा जमरा प्रतिस्थापन गरेका छन् ।


यसअघि तीनपटकसम्म जमरा उमार्ने काम पूरा गरिसकेका उनको यो चौथोपटक हो । उनले सातपटकसम्म  पानीसमेत नखाई शरीरमा जमरा उमार्ने संकल्प लिएका छन् ।
मन्दिर परिसरमा पाल टाँगेर सुत्ने एउटा विस्तारा राखिएको छ जहाँ उनले शरीरमाथि जमरा राखेर ब्रत शुरु गरेका छन् ।


उनी एक तान्त्रिक वैदिक गुरु पनि हुन् । उनी यसलाई पूर्खाको देन बताउँछन् । शरीरमा जमरा उमार्ने कार्य उनका बुबा चौथी शाहीले पनि सातपटकसम्म पूरा गरिसकेका छन् । यसैलाई कृष्णले निरन्तरता दिएका हुन् ।  

नौदिनसम्म निर्जल ब्रत

उनले शोभा भगवती मन्दिरमा अन्नपानी केही पनि नखाई शरीरमा जमरा उमारेको देख्ने सबैजना आश्चर्यमा पर्छन् । मन्दिरमा उनलाई हेर्न आउनेको घुइँचो लागेका छन् ।


नौंदिनसम्म पानी समेत नखाई बस्नु सामान्य व्यक्तिको कल्पनाभन्दा बाहिर छ । अर्को आश्चर्यलाग्दो कुरा नौं दिनसम्म उनको शरीरको मलमुत्र प्रकिया समेत बन्द रहने गर्छ  ।  



नौ दिनसम्म अन्नपानी केही नखाई कसरी बस्नुहुन्छ ? भन्ने जिज्ञासामा उनले यस कार्य दैवी शक्ति र ब्रत बस्ने संकल्पका कारण सम्भव हुने बताए ।

उनले भने ‘ब्रत बस्नुअघि नौदिनसम्म कसरी बसुँला भन्ने मनमा आउँछ तर जब म आशनमा बसेर संकल्पसहित ब्रत पूरा गर्ने अठोट गर्छु त्यतिबेला मेरो शरीरमा शक्ति उर्जाशील हुन्छ ।’

उनको ब्रतस्थलमा श्रीमद्भागवतको कथा वाचन समेत हुनेछ । र, नौंदिनसम्म भजनकीर्तन हुने कार्यक्रम छ ।

भक्तजनबाट संकलित रकम समाजसेवामा

उनको कठीन ब्रत हेर्न आउने भक्तजनले स्वविवेकले दिने भेटी रकम उनले असहायलाई प्रदान गर्ने बताएका छन् ।  
भक्तजनले दिएको चन्दा रकम मानसिक सन्तुलन गुमाएका व्यक्तिहरुको सहयोगको लागि राखिने उनले बताए ।
उनले भने ‘यस धार्मिक काममा समाजसेवा पनि सँगसँगै जोडिएको छ । धार्मिक अनुष्ठानबाट संकलन भएको चन्दा रकम असाह्य व्यक्तिलाई दिनेछौं ।’

मानसिक सन्तुलन गुमाएका १८ व्यक्तिहरु अहिले नेपाल स्नेही काखमा संरक्षणरमा रहेका छन् ।
नौदिनपछि उनको ब्रत पूरा हुने तथा दशमीका दिन दर्शनार्थीहरुलाई जमरा र टिका लगाइदिने उनले बताए ।


salt training

कमेन्ट गर्नुहोस्