मंसिर २, २०८०
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले संवैधानिक अधिकार प्रदेशलाई दिनुपर्ने बताएका छन् । न्यू सृष्टि दैनिकका प्रधान सम्पादक शङ्कर खरेलद्वारा लिखित ॐ तृप्यन्ताम् लघुकथा सङ्ग्रहको शनिवार विमोचन गर्दै ...
पहिलोपटक अभ्यास गरेको प्रदेश संरचनाको नेतृत्वमा सर्वसम्मतिबाट नेतृत्व चयन गर्न अध्यक्ष केपी शर्मा ओलीले दिएको निर्देशन एकपछि अर्को प्रदेशमा तोडिएको छ ।
ओलीले कुनै पनि हालतमा सहमति गर्न दबाब दिएको लुम्बिनी प्रदेशमा मा गत भदौ २० गते उनी पक्षीय उम्मेदवार पराजित हुन पुगेका थिए । अध्यक्ष ओलीले हरि रिजाललाई सर्वसम्मत बनाउन दबाब दिए पनि अन्ततः उपाध्यक्ष विष्णु पौडेल निकटका राधाकृष्ण कँडेल २ मतले जित्न पुगेका थिए । ओली प्रत्यक्ष नदेखिए पनि पौडेलविरुद्ध महासचिव शंकर पोखरेलले रिजाललाई जिताउन गरेको अधिकत कदम खेर गएको थियो ।
लुम्बिनीलगत्तै असोस ८ र ९ गते बागमती प्रदेश अधिवेशनमा फेरि ओलीको निर्देशनविपरीत चुनावी प्रतिस्पर्धा भएको छ ।
‘७० वर्षको इतिहास भएको हाम्रो पार्टीमा नेतृत्वका लागि सयौं योग्य नेता छन्,’ ओलीले चेतावनी दिँदै भनेका थिए, ‘नेतृत्वका लागि धेरैको योग्यता पुगेको छ । तर नेतृत्वमा पुग्ने नाममा प्यानलसहित निर्वाचन हुने अवस्था आयो भने उम्मेदवारी नै खारेजसम्म हुन सक्छ ।’ अध्यक्ष ओलीले प्यानल बनाए उम्मेदवारी नै खारेज गर्ने चेतावनी ८ असोजमा उद्घाटन गर्दा दिएका थिए । तर ४ दिन झुलाउँदासमेत चुनावबाट जानबाट ओलीले एमालेलाई रोक्न सकेनन् ।
अध्यक्षमा मकवानपुरका कृष्णप्रसाद दाहालले कुनै पनि हालतमा प्रतिस्पर्धा नछोड्ने अडान लिएपछि शुक्रबार दिउँसो साढे १ बजेबाट बल्ल मतदान भएको हो । ओलीले रामेछापबाट चारपटक चुनाव हारेका कैलाश ढुंगेललाई नै सर्वसम्मत प्रदेश अध्यक्ष बनाउन सबै प्रयत्न लगाएका थिए ।
तर चारमध्ये तीनपटक प्रतिनिधिसभाको चुनाव जितेका दाहालले कुनै पनि हालतमा प्रतिस्र्धालाई रोक्न नसकिने अडान लिए । जसले बाध्य भएर चुनावमा जानुपर्ने स्थिति बनाएको हो । पाँचजना नेताले अध्यक्षमा उम्मेदवारी दिए पनि तीन जनाले नाम फिर्ता लिएपछि दाहाल र ढुंगेलबीच प्रतिस्पर्धा भएको हो ।
ओलीले प्यानल बनाए कारबाही गर्ने चेतावनी बनाए पनि अन्ततः चुनाव जित्न ओली समूहले नै प्यानल बनाएको छ । मतदानस्थलमा अध्यक्षका संस्थापनपक्षीय उम्मेदवार कैलाश ढुंगेल, उपाध्यक्षका दावा दोर्जे लामा, सचिवका हस्तबहादुर पण्डित, उपसचिवका प्रेमबहादुर महर्जन र रीता गौतम ढकालसहित प्रदेशका विभिन्न सदस्यमा प्यानलको पर्चा छपाएर यो समूहले भोट मागेको हो ।
चुनाव नगर्न दबाबसहित प्यानल बनाएर कारबाही गर्ने चेतावनी दिए पनि अन्ततः चुनाव जित्न प्यानल खडा गरेर भोट हाल्नेको सूची सार्वजनिक गर्नुपर्ने बाध्यतामा पुगेको हो ।
कर्णालीमा पनि चुनाव
बन्दसत्र सकिएपछि कर्णाली प्रदेश कमिटीको निर्वाचनको लागि चुनावी प्रक्रिया शुरू भएको छ । कर्णालीमा अधिवेशन उद्घाटन गर्न पुगेका ओलीले मीनबहादुर शाहीलाई सर्वसम्मत अध्यक्ष बनाउन दबाब दिएका थिए । तर यामलाल कँडेल पक्षका गुलाबजंग शाहले पनि प्रतिस्पर्धा गर्ने भएपछि कर्णालीमा पनि चुनाव हुने भएको हो । ओलीले शाही र कँडेलले शाहलाई अगाडि सारेपछि चुनावी प्रक्रिया शुरू भएको हो । शुक्रबार दरखास्त फाराम भर्ने, उम्मेदवारको प्रक्रिया पूरा गरेपछि शनिवार मध्यान्ह साढे १२ बजेदेखि ६ बजेसम्म मतदान गर्ने कार्यतालिका सार्वजनिक भएको छ ।
यी तीन प्रदेशमा मात्रै होइन कोशी र गण्डकीमासमेत चुनावी प्रतिस्पर्धा हुने देखिएको छ ।
कोशीको अधिवेशन उद्घाटन गर्न शुक्रवार विराटनगर पुगेका ओलीले सर्वसम्मत गर्न निर्देशन दिएका थिए । अर्का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले प्यानल बनाए उम्मेदवारी नै खारेज गर्ने चेतावनी दिएका छन् । तर कोशीमा घनश्याम खतिवडा र विनोद ढकाल एक–अर्कालाई नस्वीकार्ने तर चुनावमा जाने तयारीमा छन् ।
गण्डकीमा पनि उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र स्थायी कमिटी सदस्य खगराज अधिकारीका उम्मेदवारबीच प्रतिस्पर्धा हुँदैछ ।
एमाले विभाजनपछि अध्यक्ष ओलीले पार्टीमा कुनै समूह नदेखियोस् भनेर आन्तरिक प्रतिस्पर्धालाई सबैतिर रोक्न खोजेका छन् । चितवनमा भएको दशौं महाधिवेशनदेखि नै ओलीले रोक्न खोज्दाखोज्दै भीम रावल अध्यक्षमा उठेपछि प्रतिस्पर्धामा जान बाध्य भए । रावल प्रतिस्पर्धी बनेको भन्दै ओलीले उनलाई भूमिकाविहीन बनाउने मात्रै होइन गत प्रतिनिधिसभा निर्वाचनमा टिकट नै दिएनन् । तर सुदूरपश्चिममा एमालेको अवस्था कमजोर बनेपछि यतिखेर ओली रावलसँग सम्बन्ध सुधार गर्ने प्रक्रियामा छन् ।
प्रदेशमा पनि ओलीले चुनाव रोक्न खोजे पनि उनको प्रयास र निर्देशन एकपछि अर्को प्रदेशमा काम नलाग्ने देखिएको छ । ओलीले सहमति र सर्वसम्मतका नाममा दबाब बढाइरहँदा एकपछि अर्को प्रदेशमा चुनावतिरै नेता कार्यकर्ताको जोड देखिएको छ ।
यस्तोमा एमाले बागमती प्रदेश अध्यक्षका उम्मेदवार कृष्णप्रसाद दाहाल चुनावसम्मको प्रक्रियामा प्रवेश गराउनुनलाई नै उपलब्धि ठान्छन् । ‘यत्ति ठूलो पार्टीमा लोकतान्त्रिक हिसाबको चुनाव गर्ने विषयलाई रोक्न खोज्न कतिसम्म भयो भन्ने यो दुई तीन दिनको घटनाक्रमले पुष्टि गछर्,’ उनले लोकान्तरसँग भने, ‘चुनावमा उठ्दा जीतहार जे होला आफ्नो ठाउँमा छ । तर चुनावसम्म पुग्नका लागि कति प्रयत्न गरियो यसको लामो र ठूलो कहानी छ ।’
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले संवैधानिक अधिकार प्रदेशलाई दिनुपर्ने बताएका छन् । न्यू सृष्टि दैनिकका प्रधान सम्पादक शङ्कर खरेलद्वारा लिखित ॐ तृप्यन्ताम् लघुकथा सङ्ग्रहको शनिवार विमोचन गर्दै ...
नेकपा एमालेका युवा नेता महेश बस्नेतले टिकटक बन्द गर्ने सरकारी निर्णयको स्वागत गरेका छन् । साथै, उनले युट्युबलगायत अन्य सामाजिक सञ्जाललाई पनि नियमन गर्न माग गरेका छन् । 'नेपालमा टिकटक ब्यान्ड गर्ने सरका...
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...
नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सबै चाड–पर्वहरू हाम्रो सामाजिक सम्बन्ध र सांस्कृतिक सौहाद्र्ताको धरोहर भएको बताएका छन् । छठ पर्वका अवसरमा आयतबार शुभकामना व्यक्त गर्दै उनले चा...
कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले सिंहदरबारमा धर्ना बस्ने चेतावनी दिएका छन् । बिहीवारको प्रदेशसभा बैठकको प्रश्नोत्तर कार्यक्रममा प्रदेशसभा सदस्यले उठाएको प्रश्नको जवाफ दिँदै उनले मुख्यमन्त्रीको हैसियतमा धर्न...
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् । विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...
जलवायु परिर्वतनसम्बन्धी सम्मेलन सन् १९९५ मा जर्मनीको बर्लिनबाट शुरू भई २८ औं कोप सम्मेलन दुबईमा भइरहेको छ । शुरू–शुरूका सम्मेलनमा मानव जीवन र प्रकृतिका बीच सन्तुलन कायम गरी दिगो विकास गर्न जोड दिएको पाइन्...
मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्, दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....। हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...
कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...