×

ठूला चाडबाडमा नेपाली चलचित्रको बजार

नेपाली चलचित्रको ‘दशैं–तिहार रिलिज’: यसपालि छैन चाप, जुधेरभन्दा जुटेर अघि बढ्ने

विदेशी चलचित्रको चुनौती कति ?

काठमाडाैं | असोज १३, २०८०

NTC
Sarbottam
Premier Steels
Marvel

नेपाली चलचित्र प्रदर्शनका लागि पहिलो रोजाइ मानिन्छ दशैं–तिहार । बिदा लामो हुने र दर्शक पनि ‘फेस्टिभ मुड’मा हुने भएकाले दशैं–तिहारको समयमा प्रदर्शनमा आउने चलचित्रले राम्रो कमाइ गर्न सक्ने विश्वास चलचित्रकर्मीमा पाइन्छ । 

yONNEX
IME BANK INNEWS
Sagarmatha Cement

सोहीकारण यी चाडवार्डको अवसर पारेर आफ्नो चलचित्र प्रदर्शन गर्नका लागि निर्माता÷निर्देशकबीच चर्को प्रतिस्पर्धा हुने गरेको छ । 


Advertisment
RMC TANSEN
shivam ISLAND

दशैं र तिहारका लागि निर्माता–निर्देशकले महिनौं अगाडिदेखि प्रदर्शन मिति घोषणा गरेर प्रचारप्रसारमा जुट्ने गरेका हुन्छन् । 


Advertisment
MAW JCB

यद्यपि, यो अवसरमा प्रायः ‘साना’ भनिएका चलचित्रले प्रदर्शनमा आउने सौभाग्य बिरलै पाउने गरेका छन् । 

Vianet communication
Laxmi Bank

‘ठूला’ भनिएका चलचित्रको चेपुवामा पर्ने भएकाले साना भनिएका चलचित्रले यस समयमा प्रदर्शन मिति तोक्ने आँट गर्न नसकेका हुन् । 

यस वर्ष पनि दुई ‘ठूला चलचित्र’ले दशैंको अवसर पारेर प्रदर्शनमा आउने घोषणा महिनौंअगाडिदेखि गरेका थिए ।

नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’ले कात्तिक ३ गतेका लागि प्रदर्शन मिति घोषणा गरेर प्रचारप्रसार अगाडि बढाएको थियो । दीपेन्द्र के खनाल निर्देशित ‘पशुपतिप्रसाद २ः भष्मे डन’ले निर्माण आरम्भमै कात्तिक ४ गतेलाई प्रदर्शन मिति घोषणा गरेको थियो । 

यद्यपि, यी चलचित्रहरूबीच अन्ततः एक साताको अन्तरमा मात्रै प्रदर्शनमा आउने सहमति जुट्यो । 

दुई चलचित्रका निर्माताले एकआपसमा नजुधाउने निर्णय गर्दै अलग–अलग मितिमा प्रदर्शनमा ल्याउने सहमति गरेका हुन् । 

अब, ‘परदेशी २’ घटस्थापनाको दुई दिनअगाडि (असोज २६)बाटै प्रदर्शनमा आउने छ । ‘पशुपति प्रसाद २ः भष्मे डन’ पूर्व निर्धारित मिति कात्तिक ४ गते (फूलपातीको दिन)बाट प्रदर्शनमा आउनेछ । 

चलचित्र निर्माता संघका अध्यक्ष नवल खड्का सम्बन्धित पक्षको छलफलबाट यस वर्ष दशैंमा चलचित्र नजुधाउने सहमति जुट्न सफल भएको बताउँछन् ।

‘दशैंका लागि चलचित्रहरूबीच प्रतिस्पर्धा थियो । तर, धेरै चलचित्र एकैदिन लगाउँदा निर्मातालाई असर पर्ने भएकाले मिलाएर अगाडि बढ्नका लागि पटकपटक छलफल भएको थियो,’ खड्काले लोकान्तरसँग भने, ‘नजुधी अगाडि बढौं भन्ने अनुरोधलाई अन्ततः निर्माताहरूले स्वीकार्नुभयो ।’ जुधेर नभई जुटेर अगाडि बढ्ने निर्माताहरूको निर्णय प्रसंशायोग्य रहेको उनी बताउँछन् । 

तिहारमा निश्चलको ‘दिमाग खराब’

यसवर्ष दशैंमा मात्र होइन, तिहारमा पनि नेपाली चलचित्रको चाप छैन । तिहारको अवसर पारेर निश्चल बस्नेतको निर्देशन रहेको चलचित्र ‘दिमाग खराब’ प्रदर्शनमा आउँदैछ । योबाहेक अरु नेपाली चलचित्रले तिहारका लागि प्रदर्शन मिति तोकिसकेका छैनन् । तिहारमा चलचित्र पनि प्रदर्शनमा आउन चाहेको तर सरोकारवाला पक्षबीचको छलफलपछि नजुधाउने सहमति जुटेको चलचित्र वितरण गर्दै आएको डिजिटल सिनेमा नेपाल (डिसिएन)का प्रबन्ध निर्देशक अशोक शर्मा बताउँछन् । पुनारा निर्माता, निर्देशक एवं अभिनेतासमेत रहेका शर्माले भने ‘तिहारमा अरु आउन चाहेका चलचित्रहरू पनि थिए । तर, उहाँहरूसँग छलफल गरेर नजुध्ने माहोल बनाएका हौं ।’ यो प्रकारको प्रयास बलिउड र हलिउडतिर पनि हुने गरेको शर्माले बताए ।

विदेशी चलचित्रको कति चुनौती ?

दशैं–तिहारमा नेपाली चलचित्रबीच एकआपसमा भिड्न्त नभए पनि विदेशी चलचित्रहरूसँग भने प्रतिस्पर्धा गर्नुपर्ने देखिएको छ । 

दशैंको आसपासमा दक्षिण भारतीय र बलिउडका केही चलचित्रहरू पनि प्रदर्शनमा आउँदैछन् । 

साउथ स्टार थलापति विजय अभिनित चलचित्र ‘लियो’ कात्तिक २ गतेबाट प्रदर्शनमा आउँदैछ । लोकेश कनागराज निर्देशित एक्सन, थ्रिलर यो चलचित्रमा सञ्जय दत्तलगायतका अन्य स्टारहरूको समेत अभिनय छ । चर्चामा रहेको यो चलचित्रले नेपालमा भने त्यति असर नगर्ने चलचित्रकर्मीको विश्वास छ । यो चलचित्र प्रदर्शनमा आएको अर्को दिन ‘स्पोर्टस–एक्सन जनरा’को बलिउड चलचित्र ‘गणपथ’ प्रदर्शनमा आउँदैछ । 

अमिताभ बच्चन, टाइगर श्राफ र कृति सेनन स्टारर चलचित्रलाई विकास बहलले निर्देशन गरेका हुन् । 

दशैंअघि अन्य केही विदेशी चलचत्रि पनि प्रदर्शनमा आउँनेछन् । यद्यपि, यसवर्ष दशैंको अवसरमा प्रदर्शनमा आउने नेपाली चलचित्रलाई विदेशी चलचित्रको चुनौती खास्सै नरहने निर्माताहरू बताउँछन् । 

तिहारमा नेपाली चलचित्र ‘दिमाग खराब’ रिलिजकै दिन सलमान खान र कट्रिना कैफ स्टारर बलिउड चलचित्र ‘टाइगर ३’ पनि प्रदर्शनमा आउनेछ । यो चलचित्रले भने नेपालमा पनि राम्रो कमाइ गर्ने विश्लेषण गरिएको छ । एक्सन थ्रिलर यो चलचित्रलाई मनीष शर्माले निर्देशन तथा आदित्य चोपडाले निर्माण गरेका हुन् । 

प्रकाशको ‘डेब्यू’, निश्चलको 'कमब्याक'

यसवर्ष दशैं–तिहारमा प्रदर्शनमा आउने तीनवटा चलचित्रलाई प्रतीक्षित मानिएको छ । असोज २६ मा प्रदर्शनमा आउने ‘परदेशी २’ मल्टीस्टारर कलाकार, हिट चलचित्रको सिक्वेल लगायतका कारण प्रतीक्षित रुपमा हेरिएको छ । सांगीतिक क्षेत्रमा स्थापित प्रकाश सपूतको डेब्यू चलचित्र भएका कारण पनि यसलाई धेरैले चासोका साथ हेरेका छन् । राजेश वंशल र नारायण रायमाझीको निर्माण रहेको यो चलचित्रमा प्रकाशसँगै प्रशान्त तामाङ, दीलिप रायमाझी, केकी अधिकारी, नीर शाहलगायतको अभिनय छ । युवापुस्तामा बढ्दो विदेश मोहको कथा यस चलचित्रले प्रस्तुत गर्नेछ ।

कात्तिक ४ मा प्रदर्शनमा आउने ‘पशुपतिप्रसाद २ः भस्मे डन’ अर्को प्रतीक्षित चलचित्र हो । व्यापारिक र समीक्षात्मक रुपमा सफल चलचित्रको सिक्वेल, स्टार कलाकारको अभिनय लगायतका कारण यसलाई प्रतिक्षित रुपमा हेरिएको छ । खगेन्द्र लामिछाने निर्माता रहेको यो चलचित्रमा विपिन कार्की, सौगात मल्ल, स्वस्तिमा खड्का, वर्षा शिवाकोटी, रवीन्द्रसिंह बानियाँ लगायतको अभिनय छ । ‘पशुपतिप्रसाद’को मृत्युपश्चात् पाशुपत क्षेत्रमा आफ्नो अस्तित्व स्थापित गर्न संघर्षरत ‘भष्मे डन’लाई केन्द्रमा राखेर चरित्रकेन्द्रित सिक्वेल ‘पशुपतिप्रसाद २: भष्मे डन’ निर्माण गरिएको हो । 

कात्तिक २४ मा प्रदर्शनमा आउने ‘दिमाग खराब’ पनि वर्षको अर्को प्रतीक्षितमध्येको चलचित्र हो । ‘लुट’जस्तो हिट चलचित्र दिएका निश्चल बस्नेतको कमब्याक चलचित्र भएका कारण ‘दिमाग खराब’लाई प्रतिक्षित मानिएको हो । यो चलचित्रमा दयाहाङ राई, खगेन्द्र लामिछाने, स्वस्तिमा खड्का, अर्पण थापा, विजय बराल, सुमन कार्की, पुष्कर गुरुङ, माओत्से गुरुङ, रमा थपलियाजस्ता चलेका कलाकारको अभिनय छ । 

सामाजिक तथा राजनीतिक कथामा चलचित्र निर्माण गरिएको छ । यसबाहेक अरु नेपाली चलचित्रले तिहारका लागि प्रदर्शन मिति तोकिसकेका छैनन् । 

दशैंदेखि तिहारको बीचमा पनि नेपाली चलचित्रले प्रदर्शन तय गरेका छैनन् । बरु, दशैंअगाडि भने केही नेपाली चलचित्र प्रदर्शनमा आउँदैछन् । यद्यपि, ती चलचित्रको चर्चा भने खास्सै सुनिएको छैन । 

हिजो शुक्रवार कुनै पनि नेपाली चलचित्र प्रदर्शनमा आएका छैनन् । आगामी शुक्रवार (असोज १९) गतेबाट ‘वानर सेना’ नामक चलचित्र प्रदर्शनमा आउनेछ । 

अर्पण गिरी (अरमान जंग) निर्देशित चलचित्रमा किशोर खतिवडासहित दर्जन बढी कलाकारको अभिनय छ । चलचित्रको कथा पौराणिक रहेको निर्माण टीमले जनाएको छ । यो चलचित्रको प्रचारप्रसार त्यति देखिँदैन । असोज २६ मा ‘परदेशी २’सँगै चलचित्र ‘कौसीद’ र ‘बासेन्जी’पनि प्रदर्शनमा आउनेछन् । 

कुमार भास्करको निर्देशन एवं केदार भुसालको निर्माण रहेको ‘कौसीद’मा ऋचा शर्मा, भोलाराज सापकोटाको शीर्ष भूमिका छ । ऋणको चपेटामा परेको पात्रको जीवन भोगाइमा चलचित्र निर्माण भएको हो । यसैगरी, ‘बासेन्जी’ भने भिडियो गेमको शैलीमा बनेको चलचित्र हो । इयन स्कट क्लेमेन्टको निर्देशनमा बनेको चलचित्र हरर जनरामा छ । असिम निरौला, सुप्रिम राई,  मिथिला शर्मा, सरिता गिरी, अंकित खड्का लगायतले यसमा अभिनय गरेका छन् ।

 ‘राम्रा चलचित्रका लागि दशैं–तिहार सुनमा सुगन्ध’

दशैं–तिहार चलचित्र प्रदर्शनका लागि तुलनात्मक रुपमा राम्रो समय भएको निर्माता एवं निर्देशक अशोक शर्मा पनि स्वीकार्छन् । यद्यपि, राम्रो व्यापार गर्नका लागि चलचित्र आफैँमा राम्रो भने हुनुपर्ने उको भनाइ छ । 

‘चलचित्र राम्रो छ भने दशैं–तिहारमा रिलिज हुँदा सुनमा सुगन्ध हुन्छ । तर, चलचित्र नै गलितो नभए एक–दुई दिन राम्रै भएपनि त्यसपछि चहलपहल सेलाउँदै जान्छ,’– शर्मा भन्छन्, ‘दशैंमा रिलिज भएका चलचित्रहरूले दर्शकको मन जित्न नसक्दा नचलेका उदाहरण प्रशस्तै छन् ।’ 

निर्माता संघका अध्यक्ष नवल खड्का दशैं–तिहारमा चलचित्र चलाउँदा अरु समयभन्दा राम्रो कमाइ गर्ने वातावरण बन्ने बताउँछन् । ‘अरु बेला काम वा व्यवसायमा व्यस्त मानिसहरूको दशैं–तिहार चाडपर्वमा घुमघाम गर्ने, चलचित्र हेर्नेजस्ता कुरामा मुड हुनसक्छ’ उनले भने, ‘सोहीकारण अरु समयभन्दा चाडपर्वमा चलचित्रको कमाइ राम्रो हुने गरेको छ ।’ उनी पनि राम्रो कमाइ गर्न चलचित्र आफैँमा राम्रो भने हुनुपर्ने बताउँछन् ।

यसवर्षको दशैं–तिहारमा प्रदर्शनमा आउने नेपाली चलचित्रले राम्रो व्यापार गर्ने विश्वास लिइएको निर्माताहरूको भनाइ छ ।

hAMROPATRO BELOW NEWS
NLIC
TATA Below
कात्तिक २१, २०८०

जाजरकोटलाई केन्द्रविन्दु बनाएको गएको भूकम्पमा परेर १ सय ५३ जनाले ज्यान गुमाए । २ सय जनाभन्दा बढी घाइते भए । थुप्रै परिवार प्रभावित भएका छन् । भूकम्पबाट प्रभावितका लागि थुप्रैतिरबाट राहतको घोषणा एवं वितरण ...

मंसिर २, २०८०

प्रसिद्ध भारतीय गीतकार समिर अञ्जानलाई काठमाडौंमा अभिनन्दन गरिएको छ । ​ शनिवार काठमाडौंमा लुनकरणदास गङ्गादेवी चौधरी साहित्यकला मन्दिर र गीतकार सङ्घ नेपालको सङ्युक्त आयोजनामा बलिउडका लोकप्रिय गीतकार समि...

मंसिर २, २०८०

‘लुट’ र ‘टलकजंग भर्सेस टुल्के’जस्ता प्रशंसित चलचित्रका निर्देशक निश्चल बस्नेतको चलचित्र ‘दिमाग खराब’ दोस्रो सातामा प्रदर्शन भइरहेको छ । २०७३ मा ‘लुट– २’...

मंसिर १, २०८०

महिना दिनमै दुईवटा चलचित्रबाट सफलताको स्वाद पाउने सौभाग्य बिरलै कलाकारले पाउँछन् । अभिनेत्री स्वस्तिमा खड्कालाई भने अहिले त्यस्तै सौभाग्य मिलेको छ ।  तीन साताको अन्तरमा प्रदर्शनमा आएका उनका दुई वटै चलचित्...

मंसिर ११, २०८०

‘चिसो हावाले’ बोलको गीत युट्युबमा सार्वजनिक गरिएको छ ।  आइतवार बेलुका अकलादेवी म्युजिकको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गीतमा सुरज अगस्ती, लक्ष्मी खड्का र ध्रुव रेग्मीको स्वर छ ।  ...

कात्तिक १७, २०८०

पछिल्लो पुस्ताकी चर्चित गायिका एलिना चौहानले स्वर दिएको पहिलो फिल्मी गीत सार्वजनिक भएको छ ।  ८ सय हाराहारी गीतमा स्वर दिइसकेकी एलिनाले रेखा थापाको फिल्म ‘उपहार’मार्फत पाश्र्व गायनमा डेब्यु ...

रूकुम पश्चिम र जारजरकोटमा ओइलाएका सयपत्री फूल अनि ज्यूँदा सपना

रूकुम पश्चिम र जारजरकोटमा ओइलाएका सयपत्री फूल अनि ज्यूँदा सपना

मंसिर ३, २०८०

मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्,​ दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....।  हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...

'टिकटकसँग डराउने मान्छे प्रचण्ड हुन सक्दैनन्'

'टिकटकसँग डराउने मान्छे प्रचण्ड हुन सक्दैनन्'

कात्तिक ३०, २०८०

कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...

व्यवस्थामाथि हैन, 'असफल' नेतामाथि खतरा

व्यवस्थामाथि हैन, 'असफल' नेतामाथि खतरा

कात्तिक ३०, २०८०

केही वर्षअघि विद्वान प्राध्यापक डा. अभि सुवेदीले कान्तिपुरमा लेख्नुभएको एउटा प्रसंगबाट आजको चर्चा शुरू गर्नु उपयुक्त हुनेछ । त्यस प्रसंगमा नेपाली कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवाले पूर्व प्रधानमन्त्रीको हैस...

x