कात्तिक १८, २०८०
जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...
काठमाडाैं | असोज १५, २०८०
संघीय निजामती सेवा ऐनको सट्टा एकीकृत निजामती सेवा ऐन जारी हुनुपर्ने, स्थानीय सेवाकै कर्मचारी प्रमुख प्रशासकीय अधिकृत बन्नुपर्ने, ट्रेड युनियन अधिकार उपलब्ध हुनुपर्ने लगायतका मागसहित स्थानीय तहका कर्मचारीहरू आन्दोलित भएका छन् ।
सातवटै प्रदेशबाट प्रतिनिधिमूलक ढंगले काठमाडौंमा भेला भएका कर्मचारीले माइतीघर मण्डलामा सोमवार धर्ना दिएका हुन् ।
सडकको एउटा 'लेन' अवरुद्ध पारेर बसेका कर्मचारीहरूले सोमवार दिउँसो नाचगानसहित विरोध प्रदर्शन गरेका थिए । करीब १ बजे माइतीघर पुग्दा पश्चिमेली लबजको गीतमा कर्मचारीहरू सडकमै नाचिरहेका थिए ।
त्यत्तिकैमा एक जनाले भीडलाई सम्बोधन गरे– 'जति पनि नाच्यौं र आफ्नो कला देखायौं, यसमा हाम्रो पीडा प्रस्तुत भइरहेको छ । यसमा हाम्रा मागहरू नै आइरहेका छन् । हामीप्रति घटेका घटना र हाम्रा बेदनाहरू नै आइरहेका छन् । यसलाई दबाबमूलक कार्यक्रमका रूपमा बुझ्नुपर्दछ ।'
निजामतीको परिभाषभित्र स्थानीय तहका कर्मचारीलाई पनि समेटिनुपर्ने, ७५३ स्थानीय तहमा वैज्ञानिक पूर्वानुमानयोग्य चक्रीय प्रणालीमा सरुवा गरिनुपर्ने, समायोजन भएर आएका कर्मचारीहरूको उचित व्यवस्थापन हुनुपर्ने माग उनीहरूले अगाडि सारेका छन् ।
यसका अलावा तीनै तह (संघ, प्रदेश र स्थानीय) का कर्मचारीको समान वृत्ति विकास हुनुपर्ने, स्थानीय तहमा पनि कर्मचारी कल्याण कोषको अनिवार्य व्यवस्था हुनुपर्ने, निजामती अस्पतालबाट प्राप्त हुने सेवा सुविधामा विशेष सहुलियत उपलब्ध गराउनुपर्ने, तीनै तहका कर्मचारीका लागि खुल्ने विज्ञापनमा उमेर हद नलाग्नुपर्ने तथा अस्थायी एवं करार कर्मचारीहरूको उचित व्यवस्थापन हुनुपर्ने माग पनि उनीहरूले अगाडि सारेका छन् ।
शिक्षकहरू आन्दोलन सकेर कार्यक्षेत्रमा फर्किएलगत्तै स्थानीय कर्मचारीहरूले आन्दोलन शुरू गरेका हुन् ।
आफूहरूको माग सम्बोधन नभएसम्म आन्दोलन जारी राख्ने स्थानीय तह कर्मचारी संघर्ष समितिका सचिव नेत्र पोखरेलले बताए ।
‘स्थानीय तहका कर्मचारीलाई संघीय निजामती एनले कतै समेटेको छैन । सेवा सुविधाको कुरा, सरुवा बढुवाको कुरा कहीँ कतै उल्लेख नगरिएकाले ती कुरा ऐनमा उल्लेख हुनुपर्छ भनेर आन्दोलन गरेका हौं,’ पोखरेलले लोकान्तरसँग भने, ‘हामी पनि राष्ट्र सेवक नै हौं । हाम्रो माग निजामती सेवा ऐनमा समेटियोस्, यी माग पूरा नहुञ्जेल शान्तिपूर्ण आन्दोलन जारी रहनेछ ।’
झापाको भद्रपुर नगरपालिकामा कार्यरत पोखरेलले आन्दोलनकै लागि काठमाडौं आएको बताए ।
बर्दियाको राजापुर नगरपालिकाबाट आएका सोनु सिजापतिले आफूहरूलाई राज्यले विभेद गरेको गुनासो गरे ।
‘स्थानीय तहका कर्मचारीलाई राज्यद्वारा भैरहेको विभेदविरुद्ध यो आन्दोलन हो,’ उनले भने, ‘संघीय ऐन नभनेर एकीकृत निजामती ऐन भनिनुपर्छ, अन्तरप्रदेश सरुवाको व्यवस्था हुनुपर्छ, स्थानीय तहका कर्मचारी नै कार्यालय प्रमुख हुन पाउनुपर्छ ।’
सोमवार दिउँसो माइतीघरमा आन्दोलनका लागि करीब ५०/६० जना कर्मचारी उपस्थित थिए ।
स्थानीय तहको दैनिक कामकारवाही ठप्प नहोस् भनेर प्रतिनिधिमूलक ढंगले आन्दोलनमा सहभागी गराइएको उनीहरूको भनाइ छ ।
हेर्नुहोस्, भिडियो :
जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...
शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए । सोमवार अपरान्ह उनको शव लिएर मलामी...
जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो । जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...
भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...
जाजरकोट भूकम्पले दुई मानवीयसँगै ठूलो भौतिक संरचनामा क्षति पुर्यायो । सयौँ घरबारविहीन भए । प्रभावित क्षेत्रका नागरिकका लागि यो तिहार खल्लो भएको छ । उनीहरूको तिहार मनाउने सपना यसपटक पूरा हुन सकेन । ...
भूकम्पले नलगाड नगरपालिका–६ गराग्लीका शेरबहादुर रावलले परिवारका चार सदस्य गुमाए । दिनभरिको कामको थकानले सबै सुतिरहेको समयमा आएको भूकम्पमा परेर उनले अधिकांश परिवारका सदस्य गुमाए । आमा सितली, भाउजू क...
जलवायु परिर्वतनसम्बन्धी सम्मेलन सन् १९९५ मा जर्मनीको बर्लिनबाट शुरू भई २८ औं कोप सम्मेलन दुबईमा भइरहेको छ । शुरू–शुरूका सम्मेलनमा मानव जीवन र प्रकृतिका बीच सन्तुलन कायम गरी दिगो विकास गर्न जोड दिएको पाइन्...
मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्, दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....। हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...
कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...