२६ असार २०८३, शुक्रबार

कक्षा ११ र १२ को वार्षिक तालिका सार्वजनिक, कहिले हुन्छ परीक्षा ?

असोज १६, २०८०
काठमाडौं
कक्षा ११ र १२ को वार्षिक तालिका सार्वजनिक, कहिले हुन्छ परीक्षा ?

राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ र १२ को परीक्षासम्बन्धी वार्षिक कार्यतालिका सार्वजनिक गरेको छ । जसअनुसार शैक्षिक सत्र २०८०–०८१ का लागि कक्षा ११ मा भर्ना भएका विद्यार्थीले रजिस्ट्रेसन फाराम पुस १५ भित्र भर्ने र माघ १५ भित्र विद्यालयले बुझाउने गरी कार्यतालिका बनाइएको छ । 

यसैगरी पुस १ गतेबाट सम्बन्धित विद्यालयलाई परीक्षा आवेदन फाराम वितरण गरिनेछ भने माघ १५ भित्र आवेदन बुझाउने गरी कार्यतालिका बनाइएको छ । 

बोर्डका अनुसार कक्षा १२ को परीक्षा २०८१ वैशाख दोस्रो सातादेखि सुरु हुनेछ भने कक्षा ११ को ग्रेडवृद्धि परीक्षा वैशाख तेस्रो सातादेखि सुरु हुनेछ । यस्तै कक्षा ११ को परीक्षा जेठ पहिलो सातादेखि सञ्चालन गर्नेगरी कार्यतालिका बनाइएको छ ।  

null
 

salt training

कमेन्ट गर्नुहोस्