
‘हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार’ अफर अन्तर्गत बुकबहादुर तामाङ डिशहोम सुपरस्टार बनेका छन् । डिशहोमको रिचार्ज गर्दा तामाङले १ लाख रुपैयाँ पुरस्कारसहित सम्मान समेत प्राप्त गरेका छन् ।
योजना अन्तर्गत विजेता बनेका तामाङलाई डिशहोमले बाजागाजासहित एक कार्यक्रमको आयोजना गरी सम्मान गरेको छ ।
तामाङले चापागाउँको शिवानी इलेक्ट्रोनिक्सबाट रिचार्ज गरेका थिए ।
रिचार्ज कार्ड बेच्ने डिलर दाइ अन्तर्गत शिवानी इलेक्ट्रोनिक्सले १० हजार पाएको छ । डिश मिडिया नेटवर्कले तामाङसहितको परिवारलाई एक रात रिसोर्टमा राखी बिदाइ गर्नेछ ।
अघिल्लो हप्ता भोजपुरका भूपाजित राईले जितेका थिए । राईको घरमै पुगेर डिश मिडिया नेटवर्कका प्रतिनिधिले उनको परिवारलाई नगद १ लाख हस्तान्तरण गरेका थिए ।
२०८० असोज ८ गते सोमवार भएको लक्की ‘ड्र’ मार्फत रानीवास भोजपुरका राईले नगद एक लाख जितेका हुन्।
डिशहोमले दशैं तिहारलाई लक्षित गर्दै आफ्नो नयाँ योजना ‘हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार’ अभियान सञ्चालन गरिरहेको छ ।
योजना अन्तर्गत डिशहोमको नयाँ जडान अथवा रिचार्जमा ग्राहकहरूले हरेक हप्ता लक्की ‘ड्र’ मार्फत नगद रु एक लाख प्राप्त गर्न, मिडियामा छाउनेसँगै सेलिब्रेटी झैँ जीवनशैली अनुभव गर्न सक्नेछन् ।
त्यस्तै, यस अभियानका बम्पर विजयी ग्राहकले सिजनकै मेगास्टार बन्ने मौका प्राप्त गर्नेछन् जसमा नगद दश लाख, मिडियामा प्रसिद्धि र सेलिब्रेटीझैं जीवनशैलीको अनुभव पनि गर्न पाउनेछन् ।
अभियानमा सहभागी हुनका लागि ग्राहकहरूले डिशहोमको नयाँ कनेक्सन वा डिशहोम रिचार्ज गर्नुपर्ने हुन्छ ।