०५ साउन २०८३, मंगलबार

कुमारी बैंकले ल्यायो ‘टीका अघि नै दक्षिणा’ योजना

असोज २१, २०८०
काठमाडौं
कुमारी बैंकले ल्यायो ‘टीका अघि नै दक्षिणा’ योजना

कुमारी बैंक लिमिटेडले नेपालीहरूको महान चाड वडा दशैंलाई लक्षित गर्दै हर्षोल्लासका साथ आफ्ना बचत खाताहरूमा विभिन्न आकर्षक सुविधासहित ‘टीका अघि नै दक्षिणा’ योजना सार्वजनिक गरेको छ ।

नेपाली बैंकिङ्ग क्षेत्रमा अग्रपङ्क्तिमा रहेको बैंकले ‘टीका अघि नै दक्षिणा’ योजना ल्याई महान चाड दशैंको हर्षोल्लासका अभिवृद्धि गर्ने भएको छ ।

यस योजनामा कार्ड तथा मोबाइल बैंकिङ्गमार्फत् भुक्तानी गर्दा बैंकले हरेक दिन पहिलो ५०/ ५० जनालाई २५ प्रतिशत वा अधिकतम ५०१ रुपैयाँसम्म क्यासब्याक दिइने छ ।

क्यासब्याक रकम पीओएस, क्यूआर पेमेन्ट तथा अनलाइन पेमेन्टबाट हुने कारोबारमा प्रदान गरिने बैंकले जनाएको छ ।

चाडबाडको अवसरमा बैंकले नेपाली समुदायको खुसीमा साथ दिन आफ्नो अटल प्रतिबद्धता स्वरूप उक्त सुविधाहरू यही असोज २८ गतेदेखि कात्तिक ५ गतेसम्म लागू हुने जनाएको छ ।

कुमारी बैंकले देशभर रहेका ३०८ शाखा (प्रधान कार्यालय बाहेक), ४९ वटा विस्तारित काउन्टर, ३०९ एटीएम र ६४ शाखारहित बैंकिङ्ग एकाइमार्फत सेवा प्रदान गरिरहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्