२४ असार २०८३, बुधबार

पहिलो नेपाल आइडल बने बुद्ध लामा

कात्तिक २०, २०७४
पहिलो नेपाल आइडल बने बुद्ध लामा
budda-lama-1काठमाडौं, ७ भदौ— पहिलो नेपाल आइडल पोखराका  बुद्ध लामा घोषित भएका छन् । कतारमा भएको ग्राण्ड फिनालेबाट बुद्ध लामा नेपाल आइडल बनेका हुन् ।
  मध्यरातमा गरिएको घोषणा अनुसार आइडलको सेकेण्ड रनरअप प्रताप दास भए भने फस्ट रनरअप  निशान भट्टराई बने ।

नेपाल आइडल बनेका बुद्धले कारका साथै २० लाख नगद हात पारे । यस्तै उनलाई १५ लाख बराबरको एल्बम कन्ट्रयाकका साथै विभिन्न गिफ्ट हाम्पर पनि प्राप्त हुनेछ ।
यस्तै फस्ट रनरअप निशानले १५ लाख नगद प्राप्त गरेका छन् भने प्रतापले  १० लाख प्राप्त गरेका छन् । दर्शकले गरेको एसएमएस भोटिङको आधारमा नेपाल आइडल चयन गरिएको हो ।
आइडलको ग्राण्ड फिनाले एपीवान टेलिभिनबाट प्रत्यक्ष प्रशारण गर्ने भनिएपनि अन्तिम समयमा आएर प्राविधिक कारण देखाउँदै प्रशारण गरिएन ।

salt training

कमेन्ट गर्नुहोस्