२५ जेठ २०८३, सोमबार

आफ्ना १० विद्यार्थी मारिएपछि सुदूरपश्चिम विश्वविद्यालयः ‘लर्न एन्ड अर्न’ कार्यक्रम पुनर्विचार गरिनुपर्छ’ (भिडियो)

असोज २५, २०८०
काठमाडौं

सुदूरपश्चिम ​विश्वविद्यालयले इजरायलको ‘लर्न एन्ड अर्न’ कार्यक्रम पुनर्विचार गर्नुपर्ने बताएको छ ।

विश्वविद्यालयका सहायक उपकुलपति प्राडा अम्मराज जोशीले आफ्ना १० विद्यार्थी मारिएपछि यो कार्यक्रमबारे पुनर्विचार गरिनु पर्ने बताएका हुन् । लोकान्तरसँग कुराकानी गर्दे उनले विश्वविद्यालयले नसोचेको घटना व्यहोर्नुपरेको उल्लेख गरे ।

‘हामीले सिकाइ र कमाइसँगै हुन्छ भनेर विद्यार्थीहरू इजरायल पठाएका हौँ, उपकुलपति जोशीले भने,‘शनिवारको घटनाले हामी मर्माहत भएका छौँ ।’

सुदूरपश्चिम विश्वविद्यालयबाट ४९ जना विद्यार्थी इजरायल पुगेका थिए ।

सो विश्वविद्यालयका ४ जना विद्यार्थी घाइते भएका छन् भने १ अझै बेपत्ता रहेका छन् । 

salt training

कमेन्ट गर्नुहोस्