०७ असार २०८३, आइतबार

मुकुन र लक्ष्मी अभिनीत चलचित्र ‘बिच्छेद’को टिजर सार्वजनिक

कात्तिक १, २०८०
काठमाडौं
मुकुन र लक्ष्मी अभिनीत चलचित्र ‘बिच्छेद’को टिजर सार्वजनिक

मुकुन भुसाल र लक्ष्मी बर्देवा अभिनीत नेपाली चलचित्र ‘बिच्छेद’को टिजर सार्वजनिक भएको छ । 

मङ्सिर ८ मा रिलिज हुने यो चलचित्रको टिजरमा दम्पतीको सम्बन्ध र वाध्यताका कुरा समावेश गरिएको छ । 

यसअघि मुकुन र लक्ष्मीले चलचित्र ‘बुलबुल’मा एकसाथ अभिनय गरेका थिए । अभिनयमा यी दुवै कलाकार उम्दा मानिन्छन् । 

चलचित्र नेपाल रिलिजसँगै अन्य विभिन्न मुलुकहरूमा समेत एकसाथ प्रदर्शनको तयारी भइरहेको निर्देशक सत्यराज चौलागाईंले जानकारी दिए । 

यो चलचित्रका निर्माताहरू राज कुमार पण्डित, दिमेश श्रेष्ठ, सुवास राई र सावित्री बज्राचार्य हुन् । सह–निर्माता प्रबिन राजथला हुन् । 

अभिनेता मुकुन भुसालले लेखेको कथामा निर्देशक चौलागाईंले पटकथा लेखेका छन् । गाउँले परिवेशमा आधारित रहेको यो चलचित्रको छायाङ्कन रामेछापको एक गाउँमा गरिएको छ । 

चलचित्रमा मुकुन र लक्ष्मीका अलावा सुष्मा निरौला, प्रिया रिजाल, लय सङ्ग्रौला, हिउँवाला गौतम, सरिता राजोपाध्याय, लक्ष्मीनाथ तिमल्सिना, जीवन थापा, जयराम सापकोटा लगायतका कलाकारहरूको अभिनय छ । 

salt training

कमेन्ट गर्नुहोस्