पुस ६, २०८०
दरबारको कथा समेटेर नेपाली चलचित्र ‘राजमहल’ निर्माण गरिने घोषणा गरिएको छ । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाविच चलचित्रमा अभिनय रहने मुख्य कलाकारहरूको जानकारी दिँदै औपचारिक निर्माण घोषणा...
नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’ आजबाट प्रदर्शनको दोस्रो सातामा प्रवेश गरेको छ ।
बडादशैँको अवसर पारेर असोज २६ गतेबाट प्रदर्शनमा आएको चलचित्रले पहिलो साता ३ करोड ३० लाख हाराहारीमा ग्रस कलेक्सन गर्न सफल भएको निर्माण पक्षले जनाएको छ ।
पहिलो चार दिनमा २ करोड हाराहारी कमाइ गरेको चलचित्रले मंगलवार, बुधवार र बिहीवार १ करोड ३० लाख ग्रस कमाएको निर्माता राजेश वंशलले जानकारी दिए ।
चलचित्रले दोस्रो सातामा पनि राम्रो व्यापार गर्ने देखिएको छ । माउथ पब्लिसिटी राम्रो भएको कारण चलचित्रलाई दोस्रो सातामा पनि राम्रो शो मिलेको छ। शुक्रवारको बुकिङ पनि उत्साहजनक देखिएको छ ।
‘चलचित्र हेर्नुभएका दर्शकले यसलाई राम्रो भनेर सामाजिक सञ्जालमा शेयर गरिरहनुभएको छ । जसका कारण झनपछि झन दर्शकहरू बढिरहनुभएको छ’ निर्माता वंशलले बताए ।
उनका अनुसार काठमाडौंमा भन्दा मोफसलका हलमा चलचित्र राम्रो चलेको छ । नारायणगढ, बुटवल, पोखरा, नेपालगञ्ज, सुर्खेतमा चलचित्रको कमाइ राम्रो रहेको उनले बताए ।
अध्ययनका लागि विदेशिने युवाको कथालाई केन्द्रमा राखेर निर्माण गरिएको यो चलचित्रमा प्रकाश सपूत, केकी अधिकारी, वर्षा शिवाकोटी, प्रशान्त तामाङ, दिलीप रायमाझी, नीर शाह, देवेन्द्र बब्लु, रमा थपलिया, सबिन बास्तोला लगायतको अभिनय छ ।
चलचित्रले दर्शकबाट राम्रो साथ पाएपछि शीर्ष अभिनेता प्रकाशसंगै अभिनेत्रीद्वय केकी र वर्षा राजधानीसहित नारायणगढ, बुटवल र नेपालगञ्जका हलमा पुगेर दर्शकसँग साक्षात्कार गर्नुका साथै खुशी साटेका थिए ।
चलचित्रको कथा एवं पटकथा रमेश बिजीले लेखेका हुन् । उज्ज्वल भविष्यको सपनासहित विदेशिन बाध्य युवा र सन्तानको सम्झना र पखाईमा दिन काटिरहेका आमाबुबाको कथालाई चलचित्रमा देखाइएको छ ।
चलचित्र हेरेर हलबाट निस्किँदै गरेका दर्शकले आजको नेपाली समाजको प्रतिनिधि कथामा चलचित्र बनेको प्रतिक्रिया दिइरहेका छन् । चलचित्र हेरिरहँदा दर्शकको आँखा रसाएको थुप्रै भिडियोहरू टिकटकमा समेत छ्यापछ्याप्ती छन् ।
दरबारको कथा समेटेर नेपाली चलचित्र ‘राजमहल’ निर्माण गरिने घोषणा गरिएको छ । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाविच चलचित्रमा अभिनय रहने मुख्य कलाकारहरूको जानकारी दिँदै औपचारिक निर्माण घोषणा...
अभिनेता प्रदीप खड्का फेरि अर्को फिल्ममा अनुबन्धित भएका छन् । लामो समयदेखि बेलायत बस्दै आएका निर्देशक प्रदीप शाहीको निर्देशनमा बन्ने नयाँ फिल्ममा उनको शीर्ष भूमिकामा अभिनय रहने भएको हो । गतवर्ष प्रदर्शनमा...
वैशाखमा प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘डिग्री माइला’को टिजरलाई लिएर अर्बपति विनोद चौधरीले प्रतिक्रिया दिएका छन् । उक्त फिल्मको केही दिनअघि सार्वजनिक टिजरलाई लिएर चौधरीले प्रतिक्रिया दिएका हुन् ...
अभिनेत्री रेखा थापा आमा बनेकी छन् । अमेरिकामा रहेकी रेखाले शुक्रवार छोरीलाई जन्म दिएकी हुन् । उनले छोरीको नाम वैभवी राज्यलक्ष्मी शाही ठकुरी राखेकी छन् । सामाजिक सञ्जालमा तस्वीर सार्वजनिक गर्दै उनले आमा...
बडा दशैँको अवसर पारेर गत शुक्रवारबाट प्रदर्शनमा आएको नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’ले दर्शकबाट सुखद् प्रतिक्रिया पाइरहेको छ । हलबाट निस्किँदै गरेका दर्शकहरूले आजको नेपाली समा...
‘लुट’बाट सेलिब्रिटी निर्देशकको छवि बनाएका निश्चल बस्नेत निर्देशित आगामी चलचित्र ‘दिमाग खराब’ यही शुक्रवारबाट प्रदर्शनमा आउँदैछ । तिहारको अवसर पारेर प्रदर्शनमा आउन लागेको चलचित्...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...